नेपाल प्रेस युनियन बाँकेको अध्यक्षमा ढकाल

२८ साउन, कोहलपुर । नेपाल प्रेस युनियन बाँकेको अध्यक्षमा प्रिया स्मृती ढकाल चयन भएका छन । शनिवार नेपालगञ्जमा सम्पन्न नेपाल प्रेस युनियन बाँके शाखाको १२ औं जिल्ला अधिबेशन बाट ढकाल सहित पुरै प्यानल नै बिजय भएका छ । नेपालगञ्जस्थित जिल्ला समन्वय समितिको हलमा शुरु भएको अधिवेशनलाई नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले उदघाटन गरेका थिए ।

२८ गते राति सकिएको मत गणनाको परिणाम बमोजिम अध्यक्षमा प्रिया स्मृती ढकाल, उपाध्यक्षमा कमल खत्री, उपाध्यक्ष महिलामा निशा शाह, सचिवमा भिष्म लोध, सहसचिवमा माया अधिकारी, कोषाध्यक्षमा खडक खत्री चयन भएको छन ।

सदस्यहरुमा मार्सलराज सन्ज्याल, समिर शाही, बिक्रम बुढाक्षेत्री, रामप्रसाद आचार्य, अनिल गौतम, आरती कट्टेल, लक्ष्मी गौडेल, सावित्री विश्वकर्मा, निर्मलाकुमारी थारु, सुविता थारु, अभिशेष गुप्ता, रबि कनोजिया, सलामत अली शेष, प्रेम सिंह एसके र सुकराम चिडिमार चयन भएको प्रमुख निर्वाचन अधिकृत जनकबहादुर शाहीले जानकारी दिएका छन् ।