एसीसी यू–१९ एसिया कपअन्तर्गत श्रीलंकाले नेपाललाई २ सय ३४ रनको लक्ष्य दिएको छ ।
यूएईको सारजाह क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको श्रीलंकाले निर्धारित ५० ओभरको अन्तिम बलमा अलआउट हुँदै २ सय ३३ रन बनाएको हो ।
श्रीलंकाका लागि शरुकजन शन्कपअन्तर्गतमुगनाथले ९९ बलमा सर्वाधिक ६२ रन जोडे । लक्भीन अबेसिंगा ५० बलमा ५३ रन जोड्दै सन्तोष यादवको बलमा आउट भए । कभिजा गिमामगेले ४३ बलमा ३७ रन बनाउँदै रन आउट भए ।
नेपालका लागि सन्तोष यादवले ४ , युवराज खत्रीले २ तथा कप्तान हेमन्त धामी र नरेन साउदले समान एक/एक विकेट लिए ।
कोहलपुर खबर । १४ मंसिर २०८१, शुक्रबार १४:५३