कोहलपुर । कोहलपुर डेभलपर्स प्रा.लिले बैजनाथ–५ स्थित न्यू सिटीमा प्लाटिङ गरेर घडेरी बिक्री वितरण गर्दै आएको बताएको छ ।
आइतबार पत्रकार सम्मेलन गर्दै कोहलपुर डेभलपर्सले विशेष छुटहरुका साथ घडेरी बिक्री वितरण भइरहेको जानकारी दिएको हो । न्यू सिटीमा ५ सय भन्दा माथी पूर्वधार युक्त घडेरी बिकास गरी बिक्री गर्दै आएको व्यवस्थपक सुरेश आचार्यले बताए । उनले विगत लामो समय देख सुविधा सम्पन्न घडेरीहरु बिक्री वितरण गर्दै आएको जानकारी दिए ।
अहिले सम्म १५० वटा घडेरी बिक्री भइसकेको उनले बताए । कोहलपुर देखि पश्चिम तर्फ ६ किलोमिटरमा न्यू सिटी रहेको उनको भनाइ छ । २० विगा क्षेत्रफलमा जग्गा रहेको उनले बताए ।
घडेरी किन्नेहरुका लागि,खानेपानी,कालोपत्रे सडक,बिजुली बत्ती,बसपार्क र अहिले १५ शैया हस्पिटल निमार्ण भइरहेको जनाए ।
८ धुरदेखि माथि मात्रै घडेरीहरु खरिद गर्न पाइने उनको भनाइ छ । नयाँ वर्ष २०८२ सालको अवसरमा घडेरी बखिद गरेको ५ महिना भित्र घर निमार्ण गरे ५० प्रतिशत बैंक फाइनान्स सुविधा दिने जनाएको छ ।
खरीद गर्दा मालपोत कार्यालयमा तिर्नुपर्ने रजिष्टे«शन राजश्व प्रालिले नै भुक्तानी गर्ने र २ तल्ला निमार्ण गर्दा त्यसमा लाग्ने सिमेन्ट र इटा ५० प्रतिशत प्रालिले व्यहोर्ने सुविधा दिएको हो ।
कोहलपुर खबर । ५ बैशाख २०८२, शुक्रबार २०:३१