२९ असोज कोहलपुर / प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितीको बैठक शनिबार लुम्बिनी प्रदेशआन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयका माननीय मन्त्रि तिलकराम शर्माको अध्यक्षतमा कार्यक्रम सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा सचिब कोमल प्रसाद धमलाले १२ वटा जिल्लामा गएको बाढी पहिरो तथा डुबान बाट घटेका घटनाहरु प्रभावित, बिस्तापित, आशिक, पूर्ण घर मृत्यु, घाईते, हराएको ब्याक्ती क्षेत्रको बारेमा सहजिकरण गर्नु भएको थियो । भने १२ जिल्लामा बितरण सामाग्रीहरुको जनकारीका साथ UNICEF, WFP, UNFPA, NRCS अन्य सस्थाले गरेको काम र कार्य प्रति बिशेष धन्यबाद दिदै आफ्नो भनाई राख्नुभएको थियो ।
कार्यक्रममा कलस्टर लिड मन्त्रालयहरुको सचिब तथा प्रतिनिधिहरु, उद्योग बाणिज्य महासघ, नेपाल रेडक्रस सोसाइटीको पनि प्रस्तुतिकरण तथा छलफल गरिएको थियो । सो बैठकमा मन्त्री शर्मा बाट सबै जिल्ला, स्थानिय तह ,समुदायको घटनालाइ हेरेर तुरुन्त सहयोग , समन्वय, सहकार्यलाइ अगाडी लानु पर्ने कुरामा जोड दिनुभएको थियो । बैठकमा सहजिकरण आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयका महाशाखा प्रमुख सह-सचिब यम बहादुर कुवँरले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा यबस्थापकिय बिपद् फोकल पर्सन सिनियर अधिकृत रबिन्द्र केसीले गर्नुभएको थियो ।
कोहलपुर खबर । २९ आश्विन २०७९, शनिबार १७:३२