जाजरकोटमा फेरि अर्को भूकम्प

जाजरकोटमा फेरि अर्को भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार जाजरकोटको पैंक केन्द्र बनाएर मंगलबार बिहान ४:५३ बजे ४.४ म्याग्निच्यूडको भूकम्प गएको हो ।

सोमबार राति ९ बजेर ३१ मिनेटमा यही स्थानलाई केन्द्र बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

जाजरकोट केन्द्र बनाएर लगातार भूकम्प गइरहेको छ ।  यसअघि गत चैत २१ गते जाजरकोटमा लगातार ५.२ र ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।