गर्मी बढेको भन्दै बैजनाथ क्षेत्रमा पनि विद्यालय बन्द

२२ जेठ, कोहलपुर । बाँकेमा केहि दिन यता देखि गर्मी अत्यधिक बढेपछि बाँकेको बैजनाथ गाँउपालीकाले बैजनाथ क्षेत्रका विधालयहरु बन्द गर्ने भएको छ ।

बैजनाथ गाँउपालीका शिक्षा युवा तथा खेलकुद शाखाले आज एक सुचना जारी गर्दै बैजनाथ गाँउपालीका भित्र रहेको सम्पुर्ण सामुदायिक तथा संस्थागत विधालय ( गुठि र धार्मिक बिद्यालय समेत) जेठ २३ गते देखि २५ गतेसम्म पठनपाठन स्थगित गर्न भनिएको छ । बालबालिका हरुको स्वास्थ्यलाई मध्यनजर गर्दै ३ दिन वर्षे विदाबाट मिलान हुने गरी सबै विधालयमा गर्मी विदा हुने सुचनामा उल्लेख गरीएको छ ।

यस्तै बाँकेको नेपालगन्जमा विद्यालयहरूमा दिइएको बिदा तीन दिन थप गरिएको छ । यसअघि, जेठ २१ गतेदेखि २३ गतेसम्म गर्मी बिदा गरिएकोमा अब २६ गते शुक्रवार सम्म बिदा थपिएको बताईएको छ । गर्मी बढ्दै जाँदा पठन पाठनमा समस्या हुनुका साथै विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले बिदा थप गरिएको नेपालगन्ज उप-महानगरपालीकाले बताएको छ ।

यता कोहलपुर नगरपालीकाले पनि यस अधि नै बिदा घोषणा गरीसकेको छ । कोहलपुर नगरपालिका अन्र्तगत पर्ने सबै विद्यालयहरु सोमबार २२ गते देखी मंगलबार २४ गते सम्म बन्द गरीएको छ ।