मुक्तिनाथ विकास क्षेत्रीय कार्यालय कोहलपुरले यसरी मनायो उन्नाइसौं वार्षिकोत्सव

कोहलपुर । मुक्तिनाथ विकास बैंकले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा देशव्यापी रूपमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ।

विस्तारित तथा उत्कृष्ट बैन्किङ्ग सेवा सुविधा मार्फत बैंकलाई जनता समक्ष पुर्‍याउने उद्देश्यले, आज मुक्तिनाथ विकास बैंकले आफ्नो अनवरत गौरवमय सेवाका १८ औं वर्ष पार गरि १९ औं वर्ष प्रवेश गरेको शुभ अवसरमा शुक्रबार देशभर विभिन्न कार्यक्रम सम्पन्न गरेको छ। बैंकले केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाण्डौंसहित क्षेत्रीय कार्यालयहरु जनकपुर, नारायणगढ, धादिङ्ग, पोखरा, बुटवल र कोहलपुरमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरी कोहलपुर क्षेत्रीय कार्यालयलेमात्र ८४ युनिट रगत संकलन गरी स्थानीय रक्तसञ्चार गृहलाई हस्तान्तरण गरेको छ।

जलवायु परिवर्तन र वातावरण संरक्षणलाई लक्षित गर्दै कक्षा ८ देखि १० सम्मका विद्यार्थीबीच “Art for Earth: Combating Climate Change” शीर्षकमा राष्ट्रव्यापी चित्रकला प्रतियोगिता सम्पन्न भएकोमा कोहलपुर क्षेत्रीय कार्यालय अन्तर्गत कोहलपुर र धनगढीमा गरी कुल ४३ विद्यार्थी सहभागी भएको प्रतियोगितामा अभिषेक महरा क्षेत्रीय स्तरका बिजेता लाई बैंकको धनगढी शाखा बाट रु. १०,००० नगद र प्रमाणपत्र प्रदान गरियो ।

यसै गरि क्षेत्रीय कार्यालयले बिकास बैंकको तर्फबाट विभिन्न चार जना ब्यक्तिहरुलाइ सम्मान गरेको कुरा यस बिकास बैंक कोहलपुर क्षेत्रीय कार्यालयका प्रमुख उमेश जोशीले जानकारी दिनु भयो।