उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक-सरकारमा कुनै समस्या छैन : गृहमन्त्री

नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखकले सरकार र गठबन्धनमा कुनै समस्या नरहेको राम्रो रुपमा चलिरहेको बताएका छन् ।

सरकारको आयु छोटो रहेको भनि आइरहेका टिप्पणीका बारेमा सत्ताधारी उच्चस्तरीय राजनीतिक संयन्त्रको नियमित बैठकपछि सञ्चारकर्मीसँग लेखकले सरकारमा कुनै समस्या नरहेको स्पष्ट पारेका हुन् ।

उनले भने, ‘हाम्रो बीचमा कुनै समस्या छैन । बाहिर जुन ढंगले कुरा आइरहेको छ, त्यो होइन, दुई नेतासहित बसेका छौँ ।’

गभर्नर सिफारिसबारे समितिले छलफल गरेर प्रक्रिया अघि बढाउने उनले जानकारी दिए ।

शिक्षकको मागका विषयमा हिजोको मन्त्रिपरिषद बैठकले सम्बोधन गरेको र आगामी संसदले थप सम्बोधन गर्नेबारे पनि बैठकमा छलफल भएको उनले बताए। उनले अर्थतन्त्र सुधार हुँदै गएको बताए ।