बाँके प्रशासनले विदाको दिन पनि सार्वजनिक सेवा सुचारु गर्ने

जिल्ला प्रशासन कार्यालय बाँकेले सार्वजनिक बिदाका दिनमा पनि महत्त्वपूर्ण कार्यलाई सुचारु राख्ने भएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेमा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी आएसँगै प्रशासन कार्यालयले सूचना जारी गर्दै नयाँ निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेले वि.सं. २०८२ सालमा पर्ने सार्वजनिक बिदाका दिन पनि नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण सेवालाई सुचारु गरिने जनाएको छ ।

अब शनिबार बाहेक पर्ने सार्वजनिक बिदामा पनि सेवाग्राहीले जिल्ला प्रशासन कार्यालय बाँकेबाट सार्वजनिक सेवा लिन सक्नेछन् ।