२२ पौष, कोहलपुर । कोहलपुर ४ किरणनालाका क्रिकेटप्रेमि उदयमान युवा स्व. वीरेन्द्र शाहीको स्मृतीमा करिवन ३ लाख राशिको खुल्ला टि २० क्रिकेट प्रतियोगिताको आयोजना हुने भएको छ ।
बाँकेको कोहलपुर २ मा रहेको युनाईटेड भिजन क्रिकेट क्लवको आयोजनामा वीरेन्द्र शाहीको स्मृती तेस्रो संस्करणमा आईपुग्दा क्लवले आफना सहकर्मीको सम्झनामा यति ठुलो राशिको प्रतियोगित आयोजना गर्न लागिएको आज आयोजित पत्रकार भेटघाटका क्रममा क्लवका अध्यक्ष गम्भिरजंग मल्लले जनाए ।
देशैभरिका क्लव, शैक्षिक संस्थामा क्रिकेट खेलाडिहरुले सहभागिता जनाउन सक्ने उक्त प्रतियोगितामा १६ वटा टिमले खेल्ने आंकलन आयोजकले गरेको छ । प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान कोहलपुरमा सम्पन्न हुने खेलले अन्तराष्ट्रिय क्रिकेट मैदानलाई चिनाउने मात्र नभई सरोकारवालाहरुलाई स्वामित्व लिन दवाफपर्ने कार्यक्रमा वोल्ने बक्ताहरुले दावि गरेका छन ।
राष्ट्रिय क्रिकेटका पुर्व कप्तान एलवि क्षेत्रिले जनप्रतिनिधिविहिन अवस्था र द्धन्द्धकालमा जनताले संरक्षण गरेको प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान जनप्रतिनिधि आएकै २ कार्यकाल सम्पन्न हुनै लागि सक्दा पनि निर्माण सम्पन्न नहुनुले सिंगो क्रिकेटप्रेमि कोहलपुरवासिलाई निराशामा धकेलेको उल्लेख गर्दै क्षेत्रिले”स्वास्थ्यका लागि खेल,राष्ट्रकालागि खेल” भन्ने नारा नै परिवर्तन गरि ”दक्ष खेलाडि उत्पादनकालागि खेल” भन्ने वनाईनुपर्नेमा धारणा ब्यक्त गरे ।
महिला क्रिकेटको जननी स्थल कोहलपुरलाई सरोकारवाला निकायले स्तरवृद्धि गर्न नसक्नु कोहलपुरकै लागि दुर्भाग्य भएको औंल्याउदै स्थानियदेखि केन्द्र सरकार र बाँके जिल्ला क्रिकेट संघले प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानको स्वामित्व ग्रहण गर्नुपर्नेमा जोड दिए ।
पत्रकार भेटघाट कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष कल्पना अधिकारीले वार्षिक रुपमा स्व. वीरेन्द्र शाहीको स्मृतीमा हुने यस्ता प्रतियोगिताकालागि वजेट विनियोजनकालागि कार्यपालिकामै आवाज उठाउने वताउदै अन्तराष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुन लागेको तेस्रो स्मृती क्रिकेट टुनामेन्टकालागि आफुले वडावाट वजेट रकमान्तर गरेर भएपनि सहयोग गर्ने वचनवद्धता व्यक्त गरिन । उनले उर्जावान युवाहरुलाई हौसला प्रदान गर्नु हामी जस्ता जनप्रतिनिधिको दायित्व भएको औंल्याउदै वडा अध्यक्ष अधिकारीले देश विदेशमा पुगेर आफनो स्थान र राष्ट्रकै गरिमा वढाउने खेलाडि उत्पादनमा राज्यले वजेटमा कन्जुस्याई गर्न नहुनेमा जोड दिईन ।
नगर खेलकुद विकास समितिका संयोजक चक्र चिमाला क्षेत्रिले राज्यले खेलकुदकालागि सुन्दर स्लोगन दिएको तर स्लोगन वमोजिमको वजेट नहुदा खेलप्रेमी आयोजक र खेलाडि उत्पादन गर्न क्लवहरुलाई खर्च ब्यबस्थापन गर्न कठिन हुने गरेको स्मरण गर्दै राज्य, निजि क्षेत्र र जनता सवैको हातेमालोले मात्र खेल क्षेत्रले फडको मार्ने वताए । उनले आगामि स्थानिय सरकारको वजेटमा पर्नेगरि युनाईटेड भिजन क्रिकेट क्लवलाई वजेट विनियोजन गराउन आफुले नगर खेलकुदको तर्फवाट कुनै कसुर नराख्ने वताएका नगर खेलकुद संयोजक क्षेत्रिले क्लव, खेलाडिले खेल आयोजना र खेल्नलाई गर्नुपरेको शंघर्षसंग आफु परिचित रहेकोले खेल सुहाउदो वजेटको पक्षमा आफु सदैव अभिने वताए ।
कार्यक्रममा समाजसेवि एवं एमाले नेत्रि अनिता पौडेलले खेल क्षेत्र त्यसमा पनि यो क्रिकेट प्रतियोगिताकालागि आफुले निजि क्षेत्रका तर्फवाट उल्लेख्य योगदान गर्ने र सहयोग जुटाउन अर्थिक, नैतिक भौतिक रुपले सहयोग गर्ने वचनवद्धता ब्यक्त गरिन ।
१५ लाख रुपैया वरावरको खर्चमा सम्पन्न हुने वीरेन्द्र शाही स्मृती क्रिकेट प्रतियोगिता यहि फाल्गुण १८ गते देखि २८ गते सम्म हुने आयोजकले जनाएको छ । क्लवका अध्यक्ष गम्भिर जंग मल्लको अध्यक्षतामा सम्पन्न पत्रकार भेटघाट कार्यक्रमको सहजिकरण क्लवका सचिव नविन बुढाथोकिले गरेका थिए । प्रतियोगिताले प्रतिभावान खेलाडीलाई थप स्थान प्रदान गर्ने र कोहलपुरको खेलकुद क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास आयोजकको रहेको छ । पत्रकार भेटघाटमा पत्रकारहरुको जिज्ञाशा भने क्लवका संयोजक सुमन गुरुङ मेटाएका थिए ।
स्मरण रहोस खेलप्रेमी युवा वीरेन्द्र शाही तीन वर्ष अघि क्रिकेट खेल्न जाने क्रममा किरननाला नजिक सडक दुर्घटनामा परि मृत्यु वरन गरेका थिए । कैलालीको लम्किमा जन्मेका शाहीलाई गुमाउनुपर्दा अतुलनिय क्षति महशुस गरेको क्लवले पहिलो र दास्रो संस्मरणका खेलहरु क्लवका सदस्यहरुले रकम उठाएर सम्पन्न गरेका थिए ।
कोहलपुर खबर । २२ पुष २०८१, सोमबार २२:२३