कोहलपुर । कोहलपुरमा जारी ‘प्रथम कृषि तथा पर्यटन प्रर्वद्धन व्यापारिक संरक्षण तथा तथा साँस्कृतिक महोत्सव (एस्पो–२०८१)’ मा आज पछिल्लो समय निकै व्यस्त चर्चित अभिनेता पल बिक्रम शाह आउँदै आउने भएका छन् ।
स्थानिय दर्शकहरुको मागलाई मध्य नजर गरेर अभिनेता पल शाहको प्रस्तुती राखेको महोत्सब आयोजकले जनाएको छ । पल शाहसंगै आज दोहोरी गायक अर्जुन सुनाम, गायक सुमन बिटी, लोक तथा दोहोरी गायिका सपना शाहीको प्रस्तुति रहनेछ ।
त्यस्तै महोत्सवमा मोडल तथा डान्सर अस्मिता पुरी र दमन्ती शर्माको प्रस्तुति रहने बताइएको छ । साथमा स्थानीय कलाकारहरुको प्रतिभा रहने तथा लाइभ दोहोरी समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ ।
आदीवासी जनजाति संग्रहालय निर्माण गर्ने उद्देश्यले महोत्सव सञ्चालन गरिएको हो । मेलामा करिब २५० वटा व्यापारिक स्टल तथा २० वटा होटल स्टल रहेका छन् । स्टल तथा प्रयोजक व्यवस्थापन संयोजक हेमन्त पुनका अनुसार स्टलबाट प्रदेशभरका व्यवसायीहरुले मनग्य लाभ लिनेछन् ।
महोत्सवका मुख्य आकर्षकका बालउद्यान,कृषि प्रर्दशनी,व्यापारी स्टलहरु,थारु गाउँ ,कराते,र उस्सु खेल प्रर्दशनपनि आकर्षणका रुपमा रहेका छन् । साथै मगर खाना परिकार,गुरुङ खाना परिकार,थारु परिकार,नेवार खाना परिकारका साथै अन्य जातीय खाना परिकारहरुको प्रर्दशनी गरिनुका सार्थै स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुको वेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ । त्यस्तै महोत्सवमा स्थलमा निशुल्क पार्किङको व्यवस्था समेत गरिएको छ ।
कोहलपुर खबर । १६ पुष २०८१, मंगलवार ०९:५७