कोहलपुरमा अन्तर–डोजो स्तरिय गोजु–रियो कराते प्रतियोगिता हुने

१० बैशाख, कोहलपुर । बाँके जिल्लाको कोहलपुर–३, मैटहवास्थित जनता माध्यामिक विद्यालयको प्राङ्गणमा एकदिने अन्तर–डोजो स्तरिय गोजु–रियो कराते प्रतियोगिता–२०८२ आयोजना हुने भएको छ ।

प्रतियोगिता स्थानीय खेलकुद प्रवद्र्धनको उद्देश्यसहित आयोजना गरिँदैछ । कार्यक्रममा कोहलपुर नगरपालिकाकी उप–प्रमुख प्रमुख संगीता सुवेदी अतिथिका रूपमा सहभागी हुनेछन् भने गो–जु रियो कराते संघका केन्द्रीय र जिल्ला तहका पदाधिकारीहरूको पनि उपस्थिति रहने आयोजकले जनाएको छ ।

चार जिल्लाका १५ डोजो, करिब ३०० खेलाडीको सहभागिता

प्रतियोगितामा बाँके, बर्दिया, दाङ र कैलाली जिल्लाका विभिन्न डोजोहरूबाट १५ वटा टोलीको सहभागिता रहनेछ । करिब २५० देखि ३०० जना खेलाडीहरू सहभागी हुने अनुमान गरिएको छ । प्रतियोगिता तौलसमूहअनुसार विभाजित रहनेछ ।

नगद पुरस्कार र अन्तर्राष्ट्रिय अवसर

प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने खेलाडीहरूलाई नगद पुरस्कारको व्यवस्था गरिएको छः

प्रथम पुरस्कार – रु ७,०००

द्वितीय पुरस्कार – रु ४,०००

तृतीय पुरस्कार – रु ३,०००

साथै, पुरस्कार राशी थपिने सम्भावना पनि रहेको आयोजकले जानकारी दिएको छ । खेल संयोजन निम प्रसाद खनालको संयोजकत्वमा हुनेछ । प्रत्येक खेलाडीबाट रु। ४०० प्रवेश शुल्क लिइनेछ भने खाना तथा नास्ताको सम्पूर्ण व्यवस्थापन आयोजकद्वारा हुनेछ ।

भविष्यमा अन्तर्राष्ट्रिय सहभागिता

प्रतियोगिताबाट छानिएका उत्कृष्ट खेलाडीहरूलाई आगामी अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागिता गराउने योजना रहेको आयोजक अध्यक्ष यज्ञ महराले जानकारी दिए । स्थानीय तहमा आयोजना गरिने यस्ता प्रतियोगिताले कोहलपुर तथा आसपासको क्षेत्रमा खेलकुद चेतना अभिवृद्धि गर्न योगदान पु¥याउने विश्वास आयोजकको रहेको छ ।