कोहलपुर । बाँकेको बैजनाथ गाउँपालिका—४ नौलापुरमा ९ वर्षिया कुशल बुढाको गाडिएको अवस्थामा शव भेटिएको छ ।
हराएको ८ दिनपछि ९ वर्षिया कुशल बुढाको गाडिएको अवस्थामा शव भेटिएको थियो ।
मृतक कुशलका हजुरबाआमाले इलाका प्रहरी कार्यालयमा मंगलबार हजुरबाआमाले सौतेलो बुवा निरकनाथ योगी र आमा यशोदा बुढाले मिलेर बालकको हत्या गरी शव व्यवस्थापन गरेको भन्दै उनीहरु विरुद्ध कर्तव्य ज्यान मुद्धा दायर गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले प्रहरी निरिक्षक रेशमलाल पौडेलले जानकारी दिए ।
मंगलबार इलाका प्रहरी कोहलपुरले प्रेस नोट जारी गर्दै सौतेलो बुवा र आमालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिसकेको थियो ।
कोहलपुर खबर । १७ बैशाख २०८२, बुधबार ११:४९