नेपालगन्जमा ‘आमा डिटर्जेन्ट सुपर पाउडर’ उद्योग सञ्चालनमा

१७ बैशाख, नेपालगन्ज । नेपालगन्ज उप–महानगरपालिका–१, विशाल चोकमा ‘आमा डिटर्जेन्ट सुपर पाउडर’ नामक घरेलु उद्योग सञ्चालनमा आएको छ ।

नेपालगन्ज उप–महानगरपालिका–१ का वडा अध्यक्ष प्रमोद रिजालले रिबन काटेर उद्योगको औपचारिक उद्घाटन गरे । उद्घाटन समारोहमा बोल्दै वडा अध्यक्ष रिजालले यस्तो स्वरोजगारमूलक उद्योग युवाहरूको लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गर्दै, स्थानीय सरकारबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

उक्त उद्योग साउदी अरबमा दुई वर्ष वैदेशिक रोजगारीमा बसेका गनेश बिकले स्थापना गरेका हुन्। उनले परिवारको प्रेरणाले स्वदेशमै केही गर्नुपर्छ भन्ने आत्मविश्वासले उद्योग खोल्ने निर्णय लिएको बताए । “दाजु सशस्त्र प्रहरी बलमा हुनुहुन्छ, भाउजु पनि रोजगारीमै हुनुहुन्छ, घरमा सबैले केही न केही गरिराख्नु भएकोले म पनि केही आफ्नै देशमै गर्नुपर्छ भन्ने लाग्यो,” उनले भने ।

‘आमा डिटर्जेन्ट सुपर पाउडर’ के हो ?

उद्योगले उत्पादन गर्ने ‘आमा डिटर्जेन्ट सुपर पाउडर’ कपडा धुने घरेलु सरफ हो, जुन विशेषगरी नेपाली घरायसी आवश्यकता र कपडाको प्रकृतिलाई ध्यानमा राखेर उत्पादन गरिएको छ।

यस्ता छन विशेषता :

  • छिटो झोलिने गुणस् कम पानीमै राम्ररी झोलिने र छिटो कुलिने
  • कपडामा कुनै असर नपर्नेस् रंगीन कपडा वा संवेदनशील कपडामा असर नगर्ने
  • सुगन्धितस् धुनु पछि कपडामा हल्का सुगन्ध बाँकी रहने
  • छाला मैत्रीस् हातमा नरम, एलर्जी नबढाउने र कुनै जलन नहुने गरी बनाइएको
  • स्थानीय उत्पादनस् नेपालमै उत्पादन भएकाले सस्तो, भरपर्दो र स्थानीय रोजगारीमा योगदान दिने

गनेश बिकका अनुसार, उनी वैदेशिक रोजगारीमा डिटर्जेन्ट उत्पादन सम्बन्धी कम्पनीमा कार्यरत थिए र सोही अनुभवलाई आधार मानेर उद्योग स्थापना गरेका हुन् । उनी भन्छन्, “विदेशमा सिकेको सीप यहीँ प्रयोग गर्न सकियो भने अरू युवाहरूलाई पनि स्वदेशमै अवसर मिल्छ। रोजगारीको सिर्जना गर्नु नै मेरो मुख्य लक्ष्य हो ।” उद्योगमा हाल १० जनासम्म प्रत्यक्ष रोजगारी सिर्जना भइसकेको छ भने आगामी दिनमा उत्पादन बढ्दै जाँदा थप रोजगारी सिर्जना गरिने योजना रहेको छ ।

उनका दाजु प्रकाश बिकले उद्योग स्थापना गरेर गनेशले केवल आफूलाई मात्र होइन, समाजलाई समेत उदाहरण दिन सफल भएको बताए। “गाउँठाउँमा अझै पनि युवा वैदेशिक रोजगारीकै पछाडि लागिरहेका छन्। यस्ता उद्योगले उनीहरूलाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने सन्देश दिन्छ,” उनले भने ।

गुणस्तरीय र सस्तो दरमा उपलब्ध हुने ‘आमा डिटर्जेन्ट सुपर पाउडर’ नेपालगन्ज र आसपासका बजारमा उपलब्ध गराउने तयारी भइरहेको छ। उद्योगले उपभोक्ताको सुझावलाई पनि प्राथमिकता दिने जनाएको छ।