३ माघ, पोखरा / पोखरामा आइतबार यती एयरलाइन्सको जहाज दुर्घटनामा निधन भएका मध्ये २५ वटा शव काठमाडौं ल्याइएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले अहिलेसम्म ७० जनाको शव फेला परेका मध्ये २२ वटा शव सनाखत गरी पोखरामै बुझाइएको बताए ।
‘बाँकी ४८ शवमध्ये २५ वटा शव सेनाको वायुयानबाट काठमाडौं ल्याइएको हो । ‘बाँकी २३ वटा शव दोस्रो वायुयानबाट काठमाडौं ल्याउने क्रम जारी छ। भनेर नागरिक उड्डयनले बताय ।
उक्त शव काठमाडौं शिक्षण अस्पतालबाट पोस्टमर्टम गरी आफन्तलाई बुझाइने प्राधिकरणले जनाएको हो ।
सोमबार सेनाको हेलिकप्टर शव काठमाडौं ल्याउन पोखरा पुगेको थियो ।
तस्बिरहरू :
कोहलपुर खबर । ३ माघ २०७९, मंगलवार १३:४६