अत्याधिक गर्मीको कारण जनजिवन प्रभावित (फोटो फिचर)

२० जेठ, कोहलपुर । बाँकेमा केहि दिन यता बाट अत्याधिक गर्मी बढेको छ ।

बाँकेको नेपालगन्ज, कोहलपुर खजुरा बैजनाथ लगायतका स्थानमा तातो लु हावा चल्नै क्रम बढ्दै गएपछि यहाँको जनजीवन अस्तव्यस्त बनेको छ । नेपालको सबै भन्दा गर्मी हुने ठाउ भनेर चिनिने बाँकेको नेपालगन्जमा यस वर्ष पनि तापक्रम उच्च रहेको छ । साथै कोहलपुरको न्युरोड चोक, कोहलपुर चौराहा, बसपार्कमा देखिने चहलपहल भिडभाड सडकमा गर्मीको कारण अहिले पातलिएको छ ।

नेपालगन्जको तापक्रम ४० डिग्री माथि रहेको छ । अत्यधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरपालिका र खजुरा गाउँपालिकाले विद्यालय बन्दको घोषणा समेत गरेका छन । अत्यधिक गर्मी भई पठनपाठनमा कठिनाइ भएकाले यही जेठ २१ देखि २३ गतेसम्म गर्मी बिदा दिइएको हो । गर्मीको कारणले यहाँका सरकारी कार्यालय बाजार पसल विधालयहरु समेत प्रभावित भयका छन ।

गर्मी बढेसगै दैनिक कामकाजका साथै रातमा सुत्न पनि गाह्रो हुने त्यही माथि लोडसेडिङ भयपछि झनै सास्ती भयको छ स्थानियहरु बताउछन् । बाँकेमा गर्मी बढे् सँगै यहाँका अस्पतालमा आउने बिरामीको चाप समेत बढेको छ । गर्मीबाट बच्न लाई घरबाहिर निस्कदाँ पुरै शरीर ढाक्ने गरी पहिरन लगाउने, बाहिरको खानेकुरा सेवन नगर्ने, सकेसम्म घरको खानेकुराहरु खाने, पर्याप्त मात्रामा पानी वा झोलयुक्त पदार्थ पिउने, सरसफाईमा विशेष ध्यान दिनुपर्ने डाक्टरको सुझाव रहेको छ ।

(फोटो फिचर)