महावीर पुन किताब बेच्दै कोहलपुर पुगे

२० फागुन, कोहलपुर । महावीर पुन किताब बेच्दै आइतबार कोहलपुर आईपुगेका छन्।

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन आफ्नो आत्मकथा बिक्री गर्न कोहलपुर नगरपालिका भित्र रहेका विभिन्न संघसंस्था तथा विद्यालय क्याम्पसहरूमा पुगेका छन् । वीरगन्जमा रहेको कृषि औजार कारखाना मर्मत तथा सञ्चालनका लागि उनी किताब बेच्ने तीव्र तयारीका रूपमा लागिपरेका छन् ।

कोहलपुरमा विभिन्न सङ्घसंस्था तथा विद्यालय क्याम्पसहरूले किताब किनेका छन् । यसरी खरिद गरिएका छन् वैज्ञानिक महावीर पुनका किताबहरू ज्ञान बहुमुखी क्याम्पस ४२, त्रिभुवन माध्यमिक विद्यालय ७०, दिव्य विद्या सदन एकेडेमी ३०, शिखा एकेडेमी १०५, समावेशी माध्यमिक विद्यालय बैजनाथ २०, गोरखा युनाइटेड पब्लिक स्कुल २३५, तक्षसिला एकेडेमी ४०, बाँके सुनचाँदी तथा गहना व्यवसाय संघ ५०, किरण मोबाइल सेन्टर १५, एक्सपोर्ट कन्सल्टेन्सी २०, इन्डुडेक १० गरी सामाजिक अभियन्ता र विभिन्न व्यक्तिहरूले कोहलपुरको न्युरोड चोकबाट करिब २५० गरी जम्मा ८८७ थान किताबहरू खरिद गरेका छन्। तथा विभिन्न संघ(संगठनले सामूहिक र व्यक्तिगत रुपमा किताब किनेका छन् ।

कृषि औजार कारखाना मर्मत गर्न र सञ्चालन गर्न पुनले आफ्नो आत्मकथा ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ पुस्तक बिक्री गर्न देश दौडाहामा निस्किएका बेला कोहलपुर पुगेका हुन् ।