२४ चैत्र, काठमाडौं / मन्त्रिपरिषदको बैठक जारी छ। सिंहददरबारमा जारी बैठकमा विभिन्न विषयमा आएका प्रस्तावमाथि छलफल र निर्णयहरू हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जानकारी दिएको छ।
मन्त्रिपरिषद बैठक सातामा सोमबार र बिहीबार बस्ने गर्छ । तर हिजो सत्ता गठबन्धन बैठक र सरकारका न्यूनतम साझा कार्यक्रम सार्वजनिकीकरण समारोहलगायत भएकोले आज मन्त्रिपरिषद बैठक बसेको हो।
कोहलपुर खबर । २४ चैत्र २०७९, शुक्रबार १५:२८