८ असोज,कोहलपुर । मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा आज ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुति रहेको छ । प्रदेशी –२ का चलचित्र निर्माता दिलिप रायमाझी, नायिका केकि अधिकारी र लोकगायक एवम् अभिनेता प्रकाश सपूत लगायतको टिमलाई क्याम्पसले भेटघाट कार्यक्रम राखेको थियो ।
नेपालगन्ज र कोहलपुर लगायतका विभिन्न विद्यालय तथा शिक्षण संस्थाहरुमा प्रदेशी –२ को प्रचार गर्ने क्रममा बागेश्वरी बहुमुखी क्याम्पस पनि उनिहरुको रोजाईमा परेको थियो । कलाकार लाई स्वागत गर्दै देश एवम् विदेशम ख्याती कमाएका कलाकारहरु लाई स्वागत गर्न पाउनु सौभाग्य भएको निमित्त क्याम्पस प्रमुख पुस्करनाथ रिजालले वताए । कार्यक्रममा प्रदेशी –२ का कलाकारबाट नृत्य र नाटक समेत प्रस्तुत गरिएको थियो ।
नायिका केकि अधिकारीले कोहलपुर आफ्नो रोजाईको स्थान भएको नौलो स्थान नभए र यश अघिका चलचित्र पनि कोहलपुर देखि नै सुरु गरिएको उनले वताईन । चलचित्र निर्देशक दिलिप रायमाझीले कोहलपुरमा निकै सौन्दर्य र रमणीय वातावरणमा क्याम्पस रहेकोले क्याम्पसको प्राआंगनमा आउने बितिकै निकै आनन्दीत तुल्याएको वताए । लोक गायक एवम् अभिनेता प्रकाश सपुतले बहुमुखी क्याम्पस परिवार लाई धेरै धेरै धन्यवाद दिएका थिए । उक्त कार्यक्रमको सुरुवात उपप्राध्यापक एकराज शर्माले सहजीकरण गरेका थिए । कार्यक्रममा ग्य्राजुएट स्कुल अफ एजुकेसनका विभागी प्रमुख ज्ञानेन्द्र शाही, ग्य्राजुएट स्कुल अफ मानविकी एवम् सोसियल साईन्सका विभागीय प्रमुख खोपिराम वलि क्षेत्री लगायत प्राध्यापक, कर्मचारी र स्व वि यु एवम् विद्यार्थी र मिडियाकर्मीहरुको उपस्थिती रहेको क्याम्पस प्रमुख रिजालले वताए ।
कोहलपुर खबर । ८ आश्विन २०८०, सोमबार १८:०१