१७ असोज,नेपालगञ्ज । नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच भएको विवादले हिजो बिहानैबाट अशान्त रहेको नेपालगन्ज अहिले सामान्य बन्दै गए पनि तत्काल कर्फ्यु हट्ने अवस्था नभएको प्रशासनले जनाएको छ । ओमकार परिवार, हिन्दु समाज र शिव सेना नेपालले संयुक्त रुपमा बागेश्वरी मन्दिरदेखि सुरु गरेको र्यालीले बजार परिक्रमा गरी बिपीचोकबाट त्रिभुवनचोक जाने क्रममा ¥यालीमाथि अज्ञात समुहले ढुंगा प्रहार गरेपछि स्थिति भड्किएको थियो ।
हिजो दिउँसो कर्फ्युका बीच पनि दुई पक्षबीच झडप हुँदा ३ जना सुरक्षाकर्मी र १० जना सर्वसाधारण घाइते भएका छन् । उनीहरूको नेपालगन्जका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । याली नियन्त्रण भन्दा बहिर गएर सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुढा प्रहार, उछृंखल गतिविधि प्रदर्शन भएपछि स्थिति नियन्त्रणका लागि कर्फ्यु आदेश जारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए ।प्रदर्शनीका क्रममा भएको झडपमा परी ३ सुरक्षाकर्मी सहित १३ जना घाइते भएको र उनीहरुको विभिन्न अस्पतालहरुमा उपचार भईरहेको बताईएको छ ।
कोहलपुर खबर । १७ आश्विन २०८०, बुधबार ११:२७