५ पुस, बर्दिया । बर्दियाको राजापुर नगरपालिका(४ राजापुर बजारबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ७ सय ५० मिलिग्राम र नगद ७७ हजार ७ सय रूपैयाँसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका(४ राजापुर बस्ने ३१ वर्षीय साजन कुरेशी र ३३ वर्षीय विष्णु श्रेष्ठ रहेका छन्।
विष्णु श्रेष्ठको भान्सा कोठामा लागुऔषध सेवन गरिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।
उक्त सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कोहलपुर खबर । ५ पुष २०८०, बिहीबार १४:३०