राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा आउन आग्रह

माघ, २७ काठमाडौं / शुक्रबार बिहान बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुन: सरकारमा आउन आग्रह गरिएको छ ।

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन बैठकमा सहभागी भएका थिए ।

बैठकमा लामिछानेलाई अन्य दलका शीर्ष नेताहरुले पुन: सरकारमा आउन आग्रह गरेका हुन् । लामिछानेले भने सरकारमा पुन जाने नजाने केही जवाफ नदिएका बताइएको छ ।

बैठकमा राष्ट्रपतिको निर्वाचनको विषयमा धेरै कुरा नभएको बताइएको छ । सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन भने कायमै राखेको छ ।