२७ भदौ, लुम्बिनी । लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य भएको छ।
प्रदेश सरकारको मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले गएराति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेसँगै प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन अन्त्य गर्नु भएको थियो।
नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले सरकारको सिफारिसमा चालु अधिवेशन अन्त्य गरीकोले प्रदेश सभा नियमावली, २०७९ को नियम ३ को उपनियम ३ बमोजिम प्रदेशसभा सदस्यको जानकारीका लागि प्रदेशसभा सचिव दुर्लभकुमार पुनद्वारा जारी सूचनामा उल्लेख गरीको छ।
कोहलपुर खबर । २७ भाद्र २०८०, बुधबार १३:०४