ट्यांकरले ठक्कर दिँदा बाँकेको बेतहनीमा दुई जना बालकको मृत्यु

१० चैत, बाँके । बाँकेको बेतहनीमा ट्यांकरले ठक्कर दिँदा एलकेजीमा अध्ययनरत दुई जना बालकको मृत्यु भएको छ ।

डुडुवा गाउँपालिका वडा नम्बर २ बेतहनी चोकमा स्कुलबाट पढेर घर फर्किँदै गरेका स्थानीय दुई बालक ९ वर्षीय विशाल कुमार गोडिया र ७ वर्षीय शिव कुमार गोडियालाई भे १ ख ४१०७ नम्बरको पानी बोक्ने ट्यांकरले ठक्कर दिंँदा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले जानकारी दिए । उनीहरु सहोदर दाजुभाई हुन् ।

घटनापछि आक्रोशित स्थानीयले ठक्कर दिने ट्यांकरलाई आगो लगाएर ध्वस्त पारिदिएका छन् । घट्नाको विरोधमा बेतहनी चोकमा चक्काजाम गरेर स्थानीयले प्रदर्शन गरेका थिए। स्थानीयले प्रहरी चौकीमा पनि ढुंगामुढा समेत गरेका थिए । आक्रोशित स्थानीयले प्रहरी चौकीमा आगजनी समेत गरिदिएका छन् । ट्यांकर चालक कर्णबहादुर बुढालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।