शम्शरेगञ्जमा बस दुर्घटना  अपडेट : ७ जनाको मृत्यु , ३४ जना घाईतेहरुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार हुँदै 

बर्दिया ठाकुरबाबा नगरपालिका ९ बेतहनीको सामुदायिक वन समुहकाे टाेली दाङ भ्रमणबाट फर्किने क्रममा बाँकेको राप्तीसोनारी गाउँपालिका-९ शम्शरेगञ्ज नजिक रोकिराखेको ट्रकमा ठोकिँदा दुर्घटना भएको हो ।

२३ भदौ, कोहलपुर । बाँकेको राप्तीसोनारी गाउँपालिका-९ शम्शरेगञ्जमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ भने ३४ जना घाइते भएका छन ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार ३ महिला र ४ पुरुष गरि ७ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बर्दियाको ठाकुरबाबा न.पा ९ का कस्तुरी थापा, काँशीराम थारू, रूपा परियार, जयन्त थारू, चानुराम चाैधरी, गोविन्द ठकुरि र एक जनाकाे पहिचान नखुलेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख सुन्दर तिवारीले बताए ।

बसमा ४१ जना सवार रहेको प्रहरीले जनाएको छ । घाईते ३४ जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको र केहि को अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बर्दिया ठाकुरबाबा नगरपालिका ९ बेतहनीबाट सामुदायिक वन समुहकाे टाेली दाङ भ्रमणमा गएको थियो । भ्रमणबाट फर्किने क्रममा बाँकेको राप्तीसोनारी गाउँपालिका-९ शम्शरेगञ्ज नजिक रोकिराखेको ट्रकमा ठोकिँदा दुर्घटना भएको हो ।