गुरुप्रति सम्मान प्रकट गर्दै मनाईयो गुरु पुर्णिमा 

चन्द्र पङाली

असार १८ कोहलपुर । आज आषाढ शुक्ल पूर्णिमाको दिन आफ्ना गुरुहरूलाई सम्झने, गुरु पूर्णिमाको विधानको दिन हो । धार्मिक महत्व बोकेको यो पर्वमा प्रातः स्नान गरी आफ्ना गुरुका समिपमा गई सर्मपित भई फलफूल तथा द्रव्य चढाएर गुरुको आर्शिवचन प्राप्त गर्ने चलन रहेको छ । हिन्दु संस्कृतिमा कुनैपनि तन्त्र साधना तथा मन्त्र सिक्नका लागि गुरुपूर्णिमाको दिनलाई अति उत्तम मानिन्छ ।

गुरुपुर्णिमा गुरुहरुको सम्मानको निम्ति परापूर्व काल देखि गुरुपुर्णिमा मनाउदै आइएको छ। गुरुहरुको सम्मानका लागि यो पर्व मनाउदै आएको इतिहास रहेको पाइन्छ।विशेष गरि यो पर्व सानै बाट शिक्षा दीक्षा दिनुहुने गुरुजन लाई शिष्य हरुले सम्मान दिन र आशीर्वाद लिन गुरुले देखाएको मार्ग रेखाको योगदान लाई सम्मान गर्ने परम्परा रहेको छ।

पहिलो गुरु भनेकै आमा बुवा हुने गर्छ्न किनभने बालबालिकाले पहिलो शिक्षा संस्कार आमाबुबा बाट प्राप्त गर्दै बिधालय लगायत अन्य बौद्धिक क्षेत्रहरुमा प्रवेश गर्छन् प्रवेश गरेका हरेक बौद्धिक क्षेत्रहरुबाट प्राप्त गरेका ज्ञान सीप प्रदान गरी दक्ष नागरिक उत्पादन गर्ने महान गुरुहरुको सम्झनामा स-सम्मान गर्दै आत्मियता बाँड्दै गुरुलाई टीका लगाइ गुरुबाट आर्शिवाद लिँदै गुरुकै देनले शिक्षित बन्दै सुनौलो भविष्य निर्धारण गरिएको पाइन्छ ।

हरेक क्षेत्रबाट ज्ञान सिप दिने गुरु भगवान हुन गुरुको सम्मान आजको समय परिस्थिति अनुकुल गुरुको महिमा सम्मान कम हुँदै गएको पाइन्छ बिस्तारै बिस्तारै यस्ता महत्वपूर्ण पर्व मानिसकै बितृस्णाका बाब्जुत ओझेल पर्दैछ सबैले यश प्रती गम्भीर भएर सोच्ने बेला आयको छ ।