प्रधानमन्त्री ओलीले भोलि ११ बजे शपथ लिने

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री बनेका हुन् ।

३० असार, काठमाडौं ।  नव नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार बिहान ११ बजे शपथ लिने भएका छन् ।

प्रधानमन्त्री ओलीले सोमबार शपथ लिने राष्ट्रपति कार्यालयले जनाएको छ । २८ असारमा प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए । त्यसै दिन राष्ट्रपति पौडेलले दुई दिनको समय दिएर प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए भने एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेससहितका दलको सांसदहरुको समर्थन आफूलाई रहेको भन्दै दाबी पेश गरेका थिए ।

प्रधानमन्त्रीमा दाबी पेश गर्ने समय सकिएपछि आइतबार अपरान्ह ५ बजेपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली आजै अपराह्णमा प्रधानमन्त्री नियुक्त भएका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यक्ष ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्त गरेका थिए।

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री बनेका हुन् ।