२६ मंसिर, कोहलपुर । नेपाल पत्रकार महासंघ बाँकेको आगामी नेतृत्व चयन गर्न बुधबार मनोनयन दर्ता भएको छ । नेपाल पत्रकार महासंघ बाँके जिल्ला शाखाको अध्यक्षका लागि ५ जनाको उम्मेदवारी दर्ता भएको छ । शुक्रबारका लागि तोकिएको निर्वाचनका लागि बाँके जिल्ला शाखाको अध्यक्ष पदमा ५ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन समिति संयोजक शरण कर्माचार्यले जानकारी दिए ।
उम्मेदवारी दर्ता गराउनेमा नेपाल प्रेस युनियन र प्रेस चौतारीको साझा उम्मेदवारको रुपमा नविन गिरीले उम्मेदवारी दर्ता गराएका छन् भने प्रेस सेन्टर सहितको गठबन्धनबाट प्रदीप वाग्लेको उम्मेदवारी दर्ता भएको छ । युनियन र चौतारीको उम्मेदवार छनोटमा आन्तरिक विवाद बढेपछि दुबै समूहबाट बिद्रोही उम्मेदवारका रुपमा उम्मेदवारी परेको छ । चौतारीबाट असन्तुष्ट रुपा गहतराज र विश्वराज पछल्डङ्याको अध्यक्ष पदमा उम्मेदवारी परेको छ भने युनियनबाट राकेश मित्रले बागी उम्मेदवारी दर्ता गराएका छन् ।
बाँके शाखाको उपाध्यक्ष (खुल्ला) मा युनियन चौतारीबाट रेजिना मल्ल र प्रगतिशिल गठबन्धनबाट तिलक गाउँलेले उम्मेदवारी दिएका छन् भने उपाध्यक्ष महिलातर्फ करुणा शाह, र कल्पना शाही ‘प्रिया’को उम्मेदवारी दर्ता भएको छ । महिला उपाध्यक्षमा सावित्री गिरीले स्वतन्त्र उम्मेदवारी दिएकी छन् । सचिव पदका शकील अहमद कादरी र कृष्ण बहादुर ओलीको उम्मेदवारी परेको छ भने कोषाध्यक्षमा सुनिल रेग्मी, चन्द्र बोहरा र विजय मल्लको उम्मेदवारी परेकोछ ।
सह–सचिव (खुल्ला) मा रविन्द्र सिंह ठकुरी, डिल्ली शाही र अमृता जैशीको उम्मेदवारी दर्ता भएको छ । सहसचिव (समावेशी) मा तिलक बहादुर नेपाली, भगतराम थारु र गुरु मुरत यादव, सदस्य महिलामा रजनी कुमारी योगी र सविता चन्द, सदस्य दलितमा आशा परियार र शान्ति परियार, सदस्य जनजातीमा राजकुमार चौधरी र निर्मला चौधरी, सदस्य मधेशीमा यदुराज मिश्र र दिनेशकुमार श्रीवास्तव तथा सदस्य अन्य समावेशीमा समिर अलि बेहना र सलामत अली शेषले उम्मेदवारी दिएका छन् ।
८ जना रहने सदस्य खुल्लातर्फ सजन कुमार आरसी, पुष्पराज हमाल, निरज सिंह, धना विष्ट केसी, पहलबहादुर केसी, सिवेदन्द्र भण्डारी, अजमत अलि सिद्दिकी, सिता ओली, शम्भुप्रसाद थारु, जयन्ती आउजी, कृष्णराज अधिकारी, रविन्द्र घिमिरे, समीरमान श्रेष्ठ र सावित्री विश्वकर्माले उम्मेदवारी दर्ता गराएको निर्वाचन समिति संयोजक कर्माचार्यले जानकारी दिए ।
महासंघको निर्वाचन कार्यक्रम अन्तर्गत शुक्रबार मतदान हुनेछ । नेपाल पत्रकार महासंघ बाँके जिल्ला शाखाको २० सदस्यीय समिति चयनका लागि निर्वाचन हुँदैछ । ३ वर्षे कार्यकालका लागि दुई सय ४२ जना मतदाताले मतदान गर्नेछन् ।
कोहलपुर खबर । २६ मंसिर २०८१, बुधबार २३:०६