५ पुस, कोहलपुर । मध्यपश्चिम जनसेवा यातायात प्राली कोहलपुरले नेपालगञ्जबाट अब काठमाण्डौ जान र आउनको लागि अत्याधुनिक सुबिधा सम्पन्न सफारी एयर सन्स्पेसर एसि बस सञ्चालमा ल्याएको छ ।
आज एक कार्यक्रमका बिच सफारी एयर सन्स्पेसर एसि बसको उद्घाटन गरीएको छ ।कोहलपुरको नयाँबसपार्कमा सार्बजनिक यातायात केन्द्रिय महासंघ नेपालका केन्द्रिय अध्यक्ष डाक्टर डोलनाथ खनालको हात बाट रिबन काटेर उद्द्घाटन गरिएको हो ।
कोहलपुरका यातायात ब्यबसायीहरुको उपस्थिती रहेको उद्द्घटान कार्यक्रममा मध्यपश्चिम जनसेवा यातायात प्रालीका अध्यक्ष बिश्वराज खनालले यात्रुहरुलाई नेपालगन्ज देखि काठमाडौको यात्रा सहज र आरामदायी बनाउन आफुहरुले सुबिधा सम्पन्न सफारी एयर सन्स्पेसर एसि बस भित्राएको बताए ।
करिब १ करोड ११ लाखको मुल्यमा सफारी एयरसस्पेनसर एसि बस ल्याएको उनले बताए । सफारी एयर सस्पेन्सर एसि बसमा सुतेर जानेका लागि बेडको ब्यबस्था र सिटमा सिङ्ग्ल र डबल सिटको ब्यबस्थका साथै महिला र पुरुषलाई छुट्टाछुट्टै ट्वाइलेटको समेत ब्यबस्था रहेको छ ।
सबै सुबिधा सम्पन्न लक्जरीयस बस संचालनमा ल्याउदा पनि भाडा दर भने बढाइएको छैन ।
कोहलपुर खबर । ५ पुष २०८१, शुक्रबार ०८:४८