२५ असार , कोहलपुर । बाँकेको राप्ती सोनारी गाउँपालिकामा चट्याङको कारण दुई जनाको मृत्यु भएको छ ।
राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ मा चट्याङ लागेर मृत्यु हुनेमा राप्ती सोनारी हरिहरपुर बस्ने वर्ष ३४ कि सम्झना बि.क र सोही ठाउँ बस्ने वर्ष ३७ कि निमा उपाध्याय रहेको प्रहरीले जनाएको छ । चट्याङ लागेर सोही ठाउँ बस्ने वर्ष ३० कि सलिना डिसी घाइते भएकी छन् ।
मृतकलाई उपचारको लागि नेपाल मेडिकल कलेज कोहलपुरमा ल्याइएको र उपचारको क्रममा दुवैजना मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते डिसीको अहिले नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको प्रहरीले बताएको छ।
कोहलपुर खबर । २६ असार २०८१, मंगलवार २२:४७