२८ चैत्र, कोहलपुर । बैंकहरुको चर्को ब्याजदरका कारण ब्यापार ब्यवसाय धरासय भएको भन्दै आज कोहलपुर बजार बन्दको आह्वान गरिएको छ ।
ब्यावसायिक हक हित संरक्षण समितिले आज कोहलपुर बन्दको आह्वान गर्दै आन्दोलनको घोषणा गरेको हो ।
सुरुवातमा ३ दिन आन्दोलनको कार्यक्रम घोषणा गरीएको ब्यावसायिक हक हित संरक्षण समिती कोहलपुरका संयोजक राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
आन्दोलनको अबधिभर बैंक तथा वित्तिय संस्थाबाट हुने कारोबार ठप्प पार्ने र बृहत रुपमा शान्तिपूर्ण बिरोध र्याली गर्ने निर्णय भएको श्रेष्ठले बताए । आज कोहलपुरमा रहेका बैंक तथा वित्तिय संस्था पूर्ण रुपमा बन्द गराईने बताईएको छ ।
बिगतमा अरुकालागि आन्दोलीत हुँदै आएका ब्यवसायीहरु पहिलो पटक आफ्नो हक हितकालागि सडकमा उत्रनुपर्ने अवस्था आएको भन्दै श्रेष्ठले स्वतस्फुर्त रुपमा आन्दोलनमा सहभागी हुन सबै ब्यवसायीहरुलाई आह्वान गरेका छन ।
तर उता केही व्यावसायि बजार बन्दको बिषयमा अन्यौल देखिन्छन भने केही व्यावसायिले बजार बन्दको निर्णयमा असहमति जनाएका छन । नयाँ बर्ष नजिकिदै गर्दा ब्यापार ब्यबसाय बन्द गर्दा कोहलपुर केन्द्रित ग्राहकलाई असहज परिस्थिति हुने कोहलपुर का व्यावसायि निरज शार्माले आफ्नो फेसबुकमा लेखेका छन ।
बरु हामी पसल खोलेर आन्दोलन गर्न तयार तर पसल बन्द गरेर आन्दोलनम सरिक हुन सकिदैन । ब्यापार बन्द गरेको कारण ले भयको घाटा कस्ले जिम्मा लिने ? उनले लेखेका छन ।
कोहलपुर का अर्का ब्यबसयी प्रमोद भण्डारीले पनि आफ्नो ब्यबसाय बन्द गर्न नसकिने बताए । उनी भन्छन् चैतको १५ देखि २० गते सम्मको समयमा अथवा बैशाखको ५ गते भन्दा पछि यो निर्णय मान्न सकिने अबस्थामा थियो तर अहिले महिनाको अन्तिममा बैकको ब्याज, साहुको किस्ता दिने समयमा यस्तो निर्णय मान्य नहुने बताए ।
शर्मा र भण्डारी एक प्रतिनिधिमुलक पात्र मात्र हुन ।कोहलपुरका ब्यबसायी मध्य धेरैको बजार बन्दको निर्णय प्रती असहमती रहेको छ ।
कोहलपुर खबर । २८ चैत्र २०७९, मंगलवार ०९:०९