इजरायल–हमासबीच युद्धविराम सकियाे,

१५ मंसिर। इजरायल र हमासबीच सात दिने अस्थायी युद्धविराम केही घण्टामा सकिँदै छ। तीन पटक थप गरेर लम्ब्याइएको युद्धविराम अझै विस्तार हुनेमा भने स्पष्ट नभएको बीबीसीले जनाएको छ।

इजरायलले सात दिने युद्धविराम अन्त्य गरी फेरि प्यालेस्टिनी विद्रोही समूह हमास लक्षित आक्रमण थालेको छ । दुई पक्षबीच यसअघि भएको युद्धविरामको अवधि सकिएलगत्तै इजरायलले दक्षिणी गाजामा हवाई आक्रमण गरेको हो ।

शुरुमा चार दिनका लागि गरिएको युद्धविराम लम्ब्याएर सात दिन पुर्‍याइएको हो। यद्यपि युद्धविरामको अवधि थप लम्ब्याउन अन्तर्राष्ट्रिय मध्यस्थता भने जारी छ । विशेषगरी कतार र इजिप्टले युद्धविरामका लागि मध्यस्थता गरिरहेका छन्।

यसैबीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले इजरायलको भ्रमणपछि इजरायललाई गाजामा नागरिकको जीवनरक्षा गर्न थप प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्। युद्धविराम थपिएको एक दिन अर्थात् सातौ दिन हमासले थप आठ बन्धक रिहा गरेको छ, जसमा बुधबार छाडिएको दुई जनालाई पनि यसैमा गन्ती गरिएको छ । यता इजरायलले ३० प्यालेष्टिनी बन्दीलाई रिहा गरेको छ।