मुख्यमन्त्री कोहलपुर गोल्ड कप-२०८० को लोगो र जर्सी सार्बजनिक

कोहलपुर रेसिङ्ग साहारा क्लबको आयोजनामा कोहलपुर तेह्र विगाहाको खेल मैदानमा कार्तिक १५ गतेदेखि २२ गतेसम्म मुख्यमन्त्री कोहलपुर गोल्ड कप–२०८० हुन लागेको हो ।

१२ कार्तिक,  कोहलपुर । स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने मुल नाराका साथ मुख्यमन्त्री कोहलपुर गोल्ड कप–२०८० संचालन हुने भएको छ ।

आयोजक कोहलपुर रेसिङ्ग साहारा क्लबले आईतबार पत्रकार सम्मेलन गर्दै कोहलपुर १३ विगाहाको खेल मैदानमा कार्तिक १५ गतेदेखि २२ गतेसम्म मुख्यमन्त्री कोहलपुर गोल्ड कप–२०८० हुन लागेको बताएको छ ।

मुख्य प्रायोजक नेपाल टेलिकम दूरसञ्चार कार्यालय रहेको र संरक्षक कोहलपुर नगरपालिका रहेको छ । मुख्यमन्त्री कोहलपुर गोल्ड कपको उदघाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी द्धारा गरीने क्लबका अध्यक्ष चक्र चिमाला क्षेत्रीले बताए ।

पत्रकार सम्मेलनमा मूल ब्यानर, जर्सी र खेल तालिका समेत सार्वजनिक गरेको छ । कोहलपुर रेसिङ्ग साहारा क्लबका अध्यक्ष क्षेत्रीले प्रतियोगितामा जम्मा आठ क्लबको सहभागिता हुने बताए । प्रतियोगितामा विदेशी क्लब एमिनियर एफ.सी क्लब क्यामरुन, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौं, चर्च ब्वाइज युनियन क्लब काठमाडौं, गोर्खा व्वाइज स्पोर्टस क्लव बुटवल,सुदुरपश्चिम ११ स्पोर्टस क्लव धनगढी, वि.एफ.सि चितवन क्लव , दुधौली स्वोर्टस क्लव सिन्धुली र आयोजक रेसिङ्ग साहारा क्लब सहभागी हुने छन् ।

प्रथम कोहलपुर गोल्ड कपमा दर्शक व्यवस्थापनमा चुनौती भयकाले अहिले प्याराफिडको व्यवस्था गरीएको र प्रबेश शुल्कको पनि ब्यबस्था गरीएको आयोजकले जनाएको छ । प्याराफिटमा २५०० देखी ३ हजार जनाले बसेर हेर्न सक्ने व्यवस्था गरीएको छ । जसको टिकटदर १०० रु र नन प्याराफिटको ५० रु रहेको आयोजक कोहलपुर रेसिङ्ग साहारा क्लबका सचिब नव किरण शाहले बताए ।

प्रतियोगिताको प्रथम हुने टिमले आठ लाख मेडल ट्रफी र प्रमाणपत्र र द्वितीय हुने टिमले चार लाख रुपैयाँ नगद पुरस्कार मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

गोल्ड कप खेलको लागी रकम ८० लाख खर्च हुने अनुमानित गरीएको र दोस्रो पटक हुन लागेको मुख्यमन्त्री कोहलपुर गोल्ड कप खेलका लागी कोहलपुर नगरपालिकाले २० लाख रकम सहयोग गर्ने भयको छ ।

खेललाई मर्यादित र अनुसाशित बनाउनका लागी खेलमा नेपाल प्रहरी,नगर प्रहरी र क्लवका सदस्यहरु स्वयमसेवकका रुपमा परिचालन गरीने छ । १५ गते हुने उदघाटन खेलमा रेसिङ्ग साहारा क्लब कोहलपुर र चर्च ब्वाइज युनियन क्लब काठमाडौं बिच हुने क्लबका सचिव शाहले बताए ।