आज कुशे औँसी तथा बाबुको मुख हेर्ने दिन मनाइदै


२८ भदौ,काठमाडौं । आज कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले घरघरमा कुश भित्र्याएर कुशे औसी मनाउँदैछन्। प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औसीमा आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको ्कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास रहेकोे धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा.डा. देवमणि भट्टराईले जानकारी दिए।

यसै अवसरमा आज बाबुको मुख हेर्न दिन पनि हो । छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बुबालाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन्। बुबा नहुने विभिन्न पवित्र स्थानमा गई आफ्ना बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने गर्छन ।