सुरक्षाको माग गर्दै लघुवित्तीय संस्थाहरुले बुझाए जिल्ला प्रशासन कार्यालयलाई ज्ञापन पत्र

✍️मार्सल राज सन्ज्याल

९ चैत्र, कोहलपुर । लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिती बिरुद्ध बाँकेका बिभिन्न लघुवित्तीय संस्थाहरुले बिहिबार जिल्ला प्रशासन कार्यालय बाँकेलाई ज्ञापन पत्र बुझाएका छन ।

लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिति नाममा अवैधानिक समुहले नियोजित ढंगबाट लघुवित्त कार्यक्रमलाई धरायासी बनाउने कोसिस गरेको भन्दै बैंक तथा वित्तीय संस्थाको पहुँचमा नभएका लक्षित समुदायलाई बचत तथा कर्जा प्रवाह गर्दै आएका नेपाल राष्ट्र बैंक बाट “घ” वर्गको ईजाजत प्राप्त करिब ३२ वटा लघुवित्त वित्तीय संस्थाहरु मिलेर आज ज्ञापन पत्र बुझाएका हुन ।

बिभिन्न स्थानमा लघुवित्त सस्था बिरूद्ध भइरहेको आक्रमणको निन्दा गर्दै बाँकेका बिभिन्न लघुवित्त वित्तीय संस्थाहरुले जिल्ला प्रशासन कार्यलय बाँकेमा ज्ञापनपत्र बुझाएको हो ।

लघुवित्तीय संस्था विरुद्धको संघर्ष समिती नेपाल” नामको अवैधानिक समुहले सुनियोजित रुपमा आन्दोलन गरि लघुवित्त कार्यक्रममा अवरोध सृजना गर्ने, लघुवित्तलाई कार्यक्रम बन्द गर्न धम्कि दिई मनोवल कमजोर गराउने, लघुवित्त बाट सेवा लिई दैनिक जिवन यापन गरिरहेका सदस्यहरुलाई वित्तिय सेवा उपभोग गर्न बाधा पुर्याउने  नियमित मासिक बैठक नचलाउन तथा कर्मचारी हरुलाई फिल्डमा नजान भनि वित्तिय संस्थालाई पत्राचार गर्ने लगाएतका कार्य भैरहेको ज्ञापन पत्रमा उल्लेख गरीएको छ ।

“लघुवित्तिय संस्था बिरुद्धको संघर्ष समिती नेपाल” नामको अवैधानिक समुहलाई कारवाहिको लागी गृहमन्त्रालयबाट जिल्ला प्रशासान कार्यालयमा पत्राचार समेत गरेको थियो ।

नेपाल राष्ट्र बैंक बाट “घ” वर्गको ईजाजत प्राप्त लघुवित्त वित्तीय संस्था र उक्त संस्थामा आबद्ध करिब २०,००० बढि कर्मचारीलाई सुरक्षित र सौहार्दपुर्ण वातावरणमा सेवा प्रवाह गर्नको लागि आवश्यक सहजिकरण गरिदिन माग गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेलाई बाँकेका ३२ वटा लघुवित्त वित्तीय संस्थाहरुले ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराएको हो ।