संघर्ष दलित महिला बचत तथा ऋण सहकारी संस्थाको १६ औं बार्षिक साधारण सभा सम्पन्न

१६ मंसिर कोहलपुर

कोहलपुर नगरपालिका वडा नं. २ मा रहि बिभिन्न क्षेत्रमा लगानी गरि आम नागरिकका समस्या समाधान गर्दै १६ औं बार्षिक साधारण सभा शुक्रबार सम्पन्न गरिएको हो ।

संघर्ष दलित महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारण सभाको उद्घाटन प्रमुख अतिथि कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्यले पानसमा दियो बालि कार्यक्रमको उद्घाटन गर्नुभएको हो।

त्यस्तै संघर्ष दलित महिला बचत तथा ऋण सहकारी संस्थाले बिगत लामो समयदेखि नेपाली समाजमा गरिबी पछौटेपन र परनिर्भरतालाई घटाउदै महिलाहरुलाई सामाजिक आर्थिक र राजनैतिक रुपले सक्षम बनाउन दलित सेवा संघ सँग विभिन्न समयमा सहकार्य गर्दै आएका यु.एस. सी. नेपाल , र एस. यस. नेपाल, कार्यक्रममा आवद्ध महिला समुहलाई समेटेर २०६४ सालमा संघर्ष दलित महिला बचत तथा ऋण सहकारी संस्थाको स्थापना गरिएको थियो । सहकारीको स्थापना पश्चात यस सहकारीमा आवद्ध महिलाहरू सहकारीका नितिनियममा रहेर बचत तथा ऋण परिचालन सामाजिक तथा लैंगिक विभेद विरुद्ध जनचेतना वृद्धि, सदस्यहरुको सामाजिक, आर्थिक र राजनैतिक पच्क्षेका लागी क्षमता विकास र आर्थिक सम्मृद्धिका लागी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्लग्न हुदै आएका छन् ।

सहकारी संस्था तथा सहकारी संस्थाको रुपमा बचत तथा ऋण परिचालन मात्र नगरी महिलाहरुलाई आर्थिक रुपले सक्षम बनाउदै घर परिवार, समाज र राज्यको निर्णायक तहसम्म पहुँच पुर्याउने आर्थिक कारणबाट हुने घरेलु हिंसा घटाउने समाजमा रहेको विभेद, जातिय विभेद तथा वर्गिय विभेद नगरी समतामूलक समाज निर्माण गर्ने जस्ता सामाजिक गतिविधिहरुपनी पालन गर्दै आईरहेको छ ।

सहकारी संस्थाले संस्था सँग जोडिएका सम्पुर्ण सदस्याहरुलाई उधमशिलताको काममा सहभागि गराउनुका साथै सदस्यहरुलाई शिक्षा तालिम र सूचनाको प्रवाह संगै आत्मनिर्भर बनाउन र स्वायम संस्थाको रुपमा विकाश गर्दै लैजानु सहकारीको मुख्य उदेश्य भएकोले त्यसै अनुरुप कार्य संचालन गरिरहेका छ। सहकारीको सिद्दान्त र मुल्य मान्यतालाई आफनो मागर्दशन सिद्दान्त मान्दै सहकारीको वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

सहकारीको महत्वपूर्ण विवरण:

संचालक समितिको तर्फबाट सचिव द्वारा प्रस्तुत वार्षिक प्रतिवेदन 

१ समुह वृद्धि

कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका १४५ वटा महिला समुहमा ८ वटा नया समूह थप भई १५३ वटा समूह भएका छन् ।

२ सदस्य वृद्धि

कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका लगाई गत वर्ष २२४३ जना सदस्य रहेका थिए भने असार मसान्त ३१३ थप सदस्य हुदा २५५६ जना रहेका छन् ।

३ शेयर बिक्री

सहकारी संस्था को गत बर्षको शेयर रु १,२७,६५,३००र( शेयर रकम बाट रु ५१,६८,९००र( ले असार मसान्त सम्म रु १,७१,३४,२००र(शेयर रकम रहेको छ ।

४ संकलन 

यस सहकारी संस्था को गत वर्षको बचत रु ४,४०,३३,३३३५७१ रुपैया बाट रु १,७६,१९,१९३१४( ले चार करोड चालिस लाख

असार मसान्त सम्म रु ६,१६,५२,५२६७१ र( भएको छ जस्मा मासिक वचत गर्ने २,३०५ जना, ऐच्छि
२,१२८ जना, सुरक्षा बचत १, ५९९ जना, दम्पत्ती बचत ११३ जना, स्वरोजगार वचत

जेष्ठ नागरीक बचत ११ जना आवधिक बचत १४ जना बाल बचत १,१४३ जना दैनिकी बचत ३५४ जना संस्थागत बचत १ जना रहेको छ ।

५ ऋण लगानी

यस सहकारी संस्था को गत वर्षको ऋण लगानी रु ८२७८६,१०३ रकम बाट रु २,७७,७०,१६३० ले वृद्धि भइ असार मसान्त सम्म रु ११,०५,५६,२६६र( लगानी भएको छ । जस्मा सम्पत्ती ऋण १८६ जना कृषि ऋण ५८१ जना साधारण ऋण २४९ जना व्यवसाय पण २६३ जना स्वरोजगार ऋण जना सहुलियत कर्जा वाण ११ जना आकस्मीक ऋण ११ जना शिक्षा ऋण ६ जना रोजगार ऋण ३० जना संघर्ष स्पेशल ऋण १२ जना गरी १३५५ रहेका छन् ।

त्यस्तै सहकारी संस्थाले राष्ट्रिय सहकारी बैंक, आर एस डि।सी मधुक्ति वित्तिय संस्था, युवा स्वरोजगार को एम।डि।सी। कोहलपुर, जिल्ला सहकारी संघ नेफ्स्कून वाट ऋण ल्याई सदस्यलाई लगानी गरिरहेको छ।

कार्यालय व्यवस्थापन:

यस आर्थिक वर्षमा यस सहकारी संस्थामा १ जना प्रमुख व्यवस्थापक, १ जना व्यवस्थापक ९ जना ऋण जना कम्प्युटर सहायक, ६ जना समुहपरिचालिका र २ जना बजार प्रतिनिधी र १ बिमा सहजकर्ता र कार्यालय सहयोगी गरी १४ जना कर्मचारी काम गरिरहेका छन् ८० आई। एम। ई संचालन गरिएको छ।

सहकारीका शेयरसदस्यका परिवारहरु वैदेशिक रोजगारमा जाने र विदेश बाट रेमिट्यान्स आउने वा शेयर सदस्यलाई सेवा दिने उद्देश्यले आई। एम। ई संचालन गरिएको छ। साथै यस सहकारी संस्थाबाट मोबाईल डिस होम को रिचार्ज र विद्युतको बिल भुक्तानी सेवा लगाएत अन्य बिभिन्न कामहरु यस सहकारी संस्थाले गर्दै आएको जानकारी दिनुभयो हो।