संगठनको बिधान बिपरीत ईकाई अधिवेशन गरेको भन्दै नेबिसंघको असन्तुष्ट पक्षले बुझायो ज्ञापन पत्र

२९ असार कोहलपुर / नेपाल बिद्यार्थी संघ बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको असन्तुष्ट पक्षहरुले नेपाली काँग्रेस जिल्ला कार्यसमितिमा ज्ञापन पत्र बुझाएको छ ।

संघको असन्तुष्ट पक्षले नेपालगन्जको नेशनल ईन्जीनियरिङ कलेजमा नेबिसंघ बाँकेका कार्यबाहक सभापतिले संगठनको बिधि बिधान बिपरीत ईकाई अधिवेशन गरेको प्रति संघको ध्यानाकर्षण भएको भन्दै नेपाली काँग्रेस बाँकेलाई ज्ञापन पत्र बुझाएको नेपाल बिद्यार्थी संघ बागेश्वरी बहुमुखी क्याम्पस सचिब उपेन्द्र बहादुर बिष्टले बताए । जिल्ला उप सभापती कृष्ण बहादुर कार्की मार्फत नेपाली काँग्रेस बाँकेलाई ज्ञापन पत्र बुझाएको हो । नेपाल बिद्यार्थी संघ सबल शिक्षा प्रणली र बिद्यार्थीको हक हितको पक्षमा सधैं उभिदै आएको भन्दै नेपाल बिद्यार्थी संघको बिधि बिधान बिपरीत भैरहेका यस्ता क्रियाकलापहरु नगर्न नगराउन माग गर्दै ज्ञापन पत्र बुझाएको नेपाल सचिब बिष्टले जानकारी दिए ।

ज्ञापन पत्र बुझदै नेपाली काँग्रेस बाँकेका उप सभापति कार्कीले नेपाल बिद्यार्थी संघमा सुधार्नु पर्ने कार्यबिधिलाई सुधार्दै लैजाने र समग्र बिद्यार्थीको हक हितका लागी नेपाली काँग्रेस बाँके सधै बिद्यार्थीको पक्षमा रहेको बताए । सबैको समस्या समेटेर सभापति मार्फत समस्याको समधान गर्न पहल गर्ने पनि उनले बताए । नेविसंघ बागेश्वरी बहुमुखी क्याम्पस सचिब बिष्टको नेतृत्वमा नेविसंघ लुम्बिनि प्रदेश सदस्य हिम बहादुर शाह, युबराज बिष्ट, मनोज वली, अर्जुन बिश्व, लगाएत नेबिसंघका ३० जना सदस्य सहितको टोलीले ज्ञापन पत्र बुझाएका थिए ।