१२ असार, कोहलपुर । सरकारले सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरेसँगै ईलाका प्रशासन कार्यालय कोहलपुरमा राष्ट्रिय परिचयपत्र लिनेको भिड लाग्न थालेको छ ।
आगामी साउन १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य प्रयोगमा ल्याउनु पर्ने समय सीमा तोके पछि राष्ट्रिय परिचयपत्र लिनेको भिड लाग्न थालेको हो । ईलाका प्रशासन कार्यालय कोहलपुरमा नयाँ नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, नागरिकताको प्रतिलिपि लिनेको भिड बढ्दै जाँदा ठाँउ अभाब भएपछि कोहलपुर नगरपालिका वडा नं. ११ ले राष्ट्रिय परिचयपत्र लिन आउँने सेवाग्राहीलाई सहजताका लागी वडाको हल उपलब्ध गराई सेवा प्रवाह गरीरहेको छ ।
साउन १ गतेदेखि वृद्ध भत्ता लगायतका सामाजिक सुरक्षा भत्ता लिनका लागि पनि अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र चाहिने भएपछि पछिल्लो समय सेवाग्रहीको भिड बढ्दै गएको र ईलाका प्रशासन कोहलपुरमा ठाँउ अभाब भएकोले वडाको हल उपलब्ध गराई सेवा प्रबाहलाई सहज बनाएको कोहलपुर नगरपालिका वडा नं. ११ का वडाध्यक्ष कल्पना शर्माले बताईन् ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले पहिलो चरणमा २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको जनाएको कारणले गर्दा ईलाका प्रशासन कार्यालय कोहलपुरमा परिचयपत्र लिनेको भिड बढेकोले ठाँउ र जनशक्ति अभाब लाई मध्यनजर गर्दै वडाको एक जना कर्मचारीलाई सहजिकरणमा खटाई यहि असार ५ गते देखि वडाको हलबाट सेवा प्रबाह भईरहेको शर्माले कोहलपुर खबरलाई बताईन् ।
वडाबाट पनि सेवा प्रबाह भएपछि दैनिक जसो ७० देखि ९० जनाले लाभ लिरहेको ईलाका प्रशासन कार्यालयका विवरण दर्ता अपरेटर श्याम बहादुर बोहोराले बताए । प्रशासन र वडामामा राष्ट्रिय परिचयपत्र बनाउनेको बिहानै देखि भिड जम्मा हुने गर्छ ‘बोहेराले भने’ ५ गते देखि वडाको हलबाट सेवा संचालन गर्दा सैवाग्राही संगै आफुहरुलाई पनि सेवा प्रवाह गर्न सहज भएको बताए । वडा कार्यालयको हल बाट सैवा प्रबाह हुँदा वडाबाट मात्रै दैनिक ३० देखि ३५ जनाको परिचयपत्र बनाउने गरेका छौं उनले भने । बाँकेको कोहलपुर, बैजनाथ र राप्तीसोनारीबाट दैनिक राष्ट्रिय परिचय पत्र बनाउनेकको भिड लाग्ने गर्दछ । जसमध्य जेष्ठ नागरीक र अपाङ्गता भएकाहरु बढि आउने भएकोले उहाँहरुको अबस्था हेरी सहज बाताबरणमा सेबा प्रबाह भईरहेको बोहोराले बताए ।
कुनै प्राबिधिक त्रुटि नभएमा ईलाका प्रशासन र वडा कार्यालयबाट दैनिक ९० देखि एक सय जनालाई सेवा दिईरहेको पनि बोहोराले बताए ।
कोहलपुर खबर । १३ असार २०८१, बुधबार १७:१५