कार्तिक २९ गतेदेखि नेपालगन्जको वाटर पार्कमा महोत्सव (एक्सपो २०८१) संचालन हुदै

४ कार्तिक , कोहलपुर । यहि कार्तिक २९ गतेदेखि नेपालगन्जको वाटर पार्कमा कृषि, पर्यटन प्रवर्द्धन, व्यापारिक, संरक्षण तथा सांस्कृतिक महोत्सव (एक्सपो २०८१)  संचालन हुने भएके छ ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद बाँकेले आज नेपालगंजमा पत्रकार सम्मेलन गरी कृषि, पर्यटन प्रवर्द्धन, व्यापारिक, संरक्षण तथा सांस्कृतिक महोत्सव (एक्सपो २०८१)  नेपालगन्जको वाटर पार्कमा संचालन गर्न लागेको बताएको छ । महोत्सव कार्तिक २९ गतेदेखि मंसिर १८ गतेसम्म संचालन गरीने महासंका अध्यक्ष डम्मर बहादुर थापाले बताएका छन् ।  विश्वभरी फैलिएका हामी जनजाति, हामी आदिवासी जोगाई राखौं, भेषभुषा, भाषा, संस्कृति भन्ने मुला नाराका साथ नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद बाँकेले यो महोत्सव संचालन गर्न लागेको हो ।

कला, संस्कृति संरक्षण सहित संस्थाको भवन निर्मितका लागि संचालन गर्न लागिएको महोत्सवमा जाती, जनजाति, कला, संस्कृति संरक्षणका साथै राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुको सहभागिता रहने बताएका हुन् ।  बाँकेको नेपालगंजमा संचालन हुन लागेको यो महोत्सवमा कला, संस्कृति सम्बन्धि पौराणिक कला जातिय भेषभुषाको प्रदर्शन, कृषि प्रयर्टन हस्तकला, १२ जिल्लाका धार्मिक तथा पर्यटकिय स्टल प्रर्दशनी, जातिय खाना प्रदर्शनी मुख्य आकर्षकहरु रहने प्रेस विज्ञप्तिमा जनाइएको छ । उक्त महोत्सवमा औद्योगिक तथा व्यपारिक सहित २५० स्टल रहने बताएका छन् ।

महोत्सव संस्थाका लागि भवन निर्माणमा सहयोग पुग्ने अपेक्षाले संचालन गर्न लागीएको बताए । महोत्सवमा मेला अवधिभरी ३ लाख दर्शकले अवलोकन गरि करिव ५ करोड बराबरको कारोबार हुने आशा रहेको थापाले बताए । जातिय खाना प्रदर्शनी सहभागिताहरुका लागि स्टल निशुल्क रहेको छ  भने  प्रथम कृषि, पर्यटन प्रवर्द्धन, व्यापारिक, संरक्षण तथा सांस्कृतिक महोत्सव एक्सपो २०८१ मेलामा सबै सरोकार निकायको सहयोग रहने अपेक्षा रहेको बताएका छन् ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद बाँकेले पहिलो पटक आयोजना गरेको महोत्सव सफलताका लागि सम्पुर्ण राजनीतिक दल, नागरिक समाज, स्थानिय प्रशासन, संचारकर्मी लगायतसंग थापाले अपिल समेत गरेका छन् । आज भएको पत्रकार सम्मेलनमा नेपाल आदिवासी पत्रकार महनसंघ बाँकेका सचिव राजन राना मगरले कार्यक्रम सञ्चालन गरेका थिए भने पत्रकार समीरमान श्रेष्ठले सहजीकरण गरेका थिए ।