किसानलाई मलखाद उपलब्ध गराउन नागरिक समाजको माग

७ असार, नेपालगन्ज / नेपालका किसानहरुका लागी सरकारले समयमा बिउ, मलखाद उपलब्ध नगराउदा हरेक बर्ष किसानहरुले यसको समस्या झेल्दै आएका छन ।
अहिले आकासेपानी नपर्दा किसान चिन्तीत छन । रापाईको समयमा समेत किसानहरुलाई मल उपलब्ध नहँदा खेती प्रभाबित हुन्छ कि भन्ने किसानको चिन्ता छ। यसै बिषयमा सोमबार नागरिक समाजको तर्फबाट किसानलाई मलखादको ब्यवस्था गर्नुपर्ने माग गर्दै सोमबार बाँके प्रशासनको ध्यानाकर्षण गराइएको छ ।
सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारी, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य जयसिंह केसी, जेष्ठ नागरिक सञ्जालका कृष्णमुरारी प्रसाद भट्ट, नागरिक अभियन्ता रबिन्द्र कुमार ज्ञवाली लगायतको समुहले सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीलाई किसानलाई मलखादको ब्यवस्था गर्न ज्ञापन पत्र बुझाएका हुन् ।

नेपालको संविधानको धारा ३६ मा खाद्य सम्बन्धी हकको व्यवस्था गरिएको छ । किसानका लागि तत्काल सस्तो, सहज रूपमा धानको बीउ, मल उपलब्ध गराउने व्यवस्थाका लागि सरकारसँग उनीहरुले माग गरेका छन् । किसानको धानबालीमा भएको क्षति स्वरूप गर्नुपर्ने रकम समेत किसानलाई उपलब्ध गराउनुपर्ने ज्ञापन पत्रमा माग गरिएको छ ।