११ साउन, कोहलपुर । गजलकार खिम के.सी.को गजल संग्रह लोरीको चर्चा शुक्रवार ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत कोहलपुरमा सम्पन्न भएको छ ।
गजलकार के.सी.ले करिब दर्जनबढी गजलहरू वाचन गरें । उनले आफू हाल अमेरिका बस्दै आए पनि बिदाको दिनलाई सदुपयोग गर्दै गजलको पुस्तक प्रकाशन गरे साहित्यलाई थप आधुनिकताको विकाससँगै आजको पुस्तालाई लोरीको महत्त्व बुझाउन लोरी प्रकाशन भएको कार्यक्रमका समीक्षक एवं गजलकार कपिल अन्जानले बताए । उनले, के.सी. अमेरिका बस्दै आए पनि पुरै नेपाली भुगोल, नेपाली माटोलाई गजलमा उतारेको बताए । अहिले पुस्ताले लोरी पढ्नै पर्ने गजल संग्रह रहेको समेत बताए ।
कार्यक्रममा प्रमुख अतिथि डा.टिकाराम उदासीले परम्परागत गजल लेखन र अहिलेको नेपाली गजलको मुल स्रोत, मुल आधार भनेकै हाम्रै परिवेश, हाम्रै गाउँ,समाज भएकाले पनि गजल अब्बल भएको बताए । उनले, के.सी.का गजलले परदेश गएर घरमा एक्लै भएका बा,आमाको मनोभावना समेत समेटेको बताए ।
कार्यक्रमका तथा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष चेतकान्त भट्टराईले निरन्तर साहित्य मार्फत समाज रूपान्तरणमा लाग्दै आएको बताए । उनले यस्ता कृतिहरू पुस्तकालयसम्म आइपुग्ने गरि पठाइदिन पनि आग्रह गरे ।
कार्यक्रममा साहित्यकारहरू पुष्कर रिजाल, खोपीराम वली, एकराज शर्मा, खेम बगर लगायतको उपस्तिथि रहेको थियो ।
कोहलपुर खबर । ११ श्रावण २०८१, शुक्रबार १९:४६