२०७९ भदौ १२ गते नेपाल सरकार सञ्चार तथा सुचना प्रबिधि मन्त्रालय सुचना तथा प्रशारण बिभागबाट आधिकारीक अनुमति लिइ असोज महिना देखि कोहलपुर खबर डटकमको प्रकाशन शुभारम्भ भएको थियो ।
आजबाट यो अनलाइन पहिलो वर्ष पार गरी दोस्रो वर्षमा प्रवेश गरेको छ । सकारात्मक सूचनाको संवाहक भन्ने भावनालाई आत्मसात् गरी अघि बढेको यो आधुनिक संचारलाई अहिलेसम्म लक्षित ढंगबाट संचालन गर्न हामी सक्षम भइराखेका छौं भन्ने लागेको छ । साथै संस्थामा आबद्ध पत्रकार र अन्य कर्मचारी साथीहरूप्रति विशेष आभार व्यक्त गर्दछौं । उहाँहरूको परिश्रम, लगाव र मायाकै कारण संस्थाले यहाँसम्मको यात्रा तय गरेको हो ।
विश्वभरका समाचार एकै क्लिकमा थाहा पाउनका लागि कुनै असजिलो रहेन अब । इन्टरनेट र स्मार्ट फोनका भरमा सूचना सबको हात–हातमा पुग्नु ठूलै फड्को हो । यदि सूचना प्रविधीमा यस खालको विकास नहुँदो हो त हामी धेरै नै पछि परिरहेका हुन्थ्यौं । तर, आज इन्टरनेटको प्रभावशाली उपस्थितीले प्रभावकारी आधुनिक संचारको तीब्र विकास भइरहेको छ । कोहलपुर खबर र कोहलपुर खबर अनलाईन टिभि (KK Online TV) पनि यही भीडमा उपस्थित भएको एउटा भरपर्दो संचार सारथि हो भन्ने हाम्रो समूहलाई लागेको छ ।
हामी ब्रेकिङ न्यूज दिने नाममा अथवा सूचना ताजा दिने नाममा गलत र भ्रमपूर्ण सन्देश प्रवाह नहोस् भन्ने कुरामा सचेत छौं । कोहलपुर खबर प्रकाशन शुभारम्भ भई आजका समयसम्म आइपुग्दा हामीले पत्रकारिताको आधारभूत सिद्घान्त तथा आचारसंहितालाई मनन गरेका छौं । आगामी दिनमा पनि संचारका विभिन्न नियम कानूनलाई ख्याल गरी देश तथा जनतालाई शिरमा राखेर पत्रकारिताको धर्म निर्वाहका लागि हाम्रो कलमले खबर लेख्नेछ ।
बेथितिका, भ्रष्टाचारका, बिग्रेका, भत्केका, मरेका, लथालिंग र भताभुंग भएकाको मात्र हामीले समाचार लेख्ने होईन हामी राम्रो काम गर्न खोज्नेलाई शुभ साइतको टीका लगाइदिन्छौं । राम्रो काम सफलतापूर्वक सम्पन्न गर्नेलाई विजयको अविर लगाइदिन्छौं । हो, कसैले नराम्रो काम गर्छ वा समाजमा नराम्रा घटना भएका छन् भने हामी बिना हिच्किचाहट खबर बनेर छाईदिन्छौं ।
निकै कस्ट र सकसको यात्रा तयहुदैँ आज दोस्रो बर्षमा प्रवेस गरेको सुखद् अनुभुती तपाई पाठक र दर्शकलाई सुनाउन पाउँदा हामी खुसि भएका छौ । सिमित स्रोत साधन, सिमित जनशक्ति तथा अन्य सिमित कुराहरुका कारण आशातित सफलता प्राप्त गर्न हामीलाई समय पक्कै लाग्नेछ । दुख बिर्साउन सहयोग गर्ने आम पाठकवर्ग, बिज्ञापनदाता,शुभचिन्तक र अगाडि बढ्न हौसाउने बौद्धिक बर्गलाई आभार सहित एक पटक कम्पनीको तर्फबाट हार्दिक धन्यवाद ब्यक्त गर्न चाहान्छौ, साथै आगामी दिनमा पनि यस खालको सहयोग प्राप्त हुनेछ भन्ने अपेक्षा राख्दछौं ।
कोहलपुर खबरले एक वर्ष पूरा गरेको अवसरमा हामी फेरि दोहोर्याउन चाहन्छौँ, आम पाठकवर्गलाई निर्भिकतापूर्वक सत्यतथ्य, विश्वसनीय र बोधगम्य सूचनाको अधिकार प्रत्याभूत गराउने समाचार–सामग्री तथा समयसापेक्ष विचार–विश्लेषण प्रस्तुत गरेर सही ढंगले सुसूचित गराउन प्रतिबद्ध छौं । टु.बि.एम. मल्टिमिडिया प्रा.लि.को प्रकाशनमा संचालित कोहलपुर खबर डटकम पूर्ण जिम्मेवार रही पत्रकारिताको कर्ममा क्रियाशील छ भन्ने हाम्रो विश्वास छ ।
हाम्रो टिम
कोहलपुर खबर डटकमको निर्देशकमा विवेक रेग्मी, प्रकाशकमा मार्सल राज सन्ज्याल, प्रबन्धकमा भोपेन्द्र कवर र सम्पादक उपेन्द्र बहादुर बिष्ट रहेका छन् । त्यसैगरी समाचार प्रमुख कल्पना शाही, समाचार डेक्समा राज कुमार सन्ज्याल र दाङबाट हामीलाई राजन केसीले समाचार प्रवाह गर्दै आउनुभएको छ । यस्तै आईटी प्रमुखको जिम्मेवारी सुरेश आचार्यलाई रहेको छ ।
कोहलपुर खबर डटकमको थुप्रै शुभचिन्तक हुनुहुन्छ सबै प्रति हार्दिक नमन गर्न चाहान्छौं । कोहलपुर खबर डटकम लोकप्रियताको उचाइमा पुर्याउन थुप्रै लेखकर विचारकहरुले महत्वपूर्ण योगदान गरीरहनु भएको छ । विश्वभर रहेका लाखौं लाख पाठक कोहलपुर खबर डटकमका मेरुदण्ड हुन् । तपाईं विश्वको जुनसुकै ठाउँबाट सिधै kohalpurkhabar.com लगइन गरेर हेर्न सक्नु हुन्छ ।
कोहलपुर खबर डकमका साथै हाम्रो युटुव च्यानल ‘केके अनलाईन टिभि’ मार्फत भिडियो, रिपोर्ट तथा टेलिभिजन कार्यक्रम सञ्चालन गरिरहेका छौं । हामीसँग फेसबुक, युट्युव, टिकटक लगायतका सामाजिक सञ्जालबाट समेत जोडिन सक्नुहुन्छ । यहाँहरु सबैको सल्लाह, सुझाव र प्रतिक्रियाको सदैव अपेक्षा गरेका छौं ।
धन्यवाद !
कोहलपुर खबर । ८ आश्विन २०८०, सोमबार ०९:५२