एन्टिमाइक्रोवियल रेसिस्टेन्सबारे मिडिया सचेतना कार्यशाला


२१ कार्तिक, जुम्ला । कर्णाली प्रदेशका तीन जिल्लाका सञ्चारकर्मीहरूलाई एन्टिमाइक्रोवियल रेसिस्टेन्सबारे जनचेतनामूलक तालिम प्रदान गरिएको छ । जुम्लास्थित होटल काञ्जिरोवामा जुम्ला,मुगु र कालिकोटका पत्रकार÷सञ्चारकर्मीहरूलाई एन्टिमाइक्रोवियल रेसिस्टन्सबारे जनचेतनामूलक तालिम प्रदान गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा एन्टिबायोटिक औषधिको अनुचित प्रयोगका कारण विश्वले भोगिरहेको विषयमा सञ्चारकर्मीहरूलाई प्रशिक्षण गरिएको थियो ।युएयआइडिसँगको सहकायर्यमा मन्त्रालयले एन्टि वायोटिक ओषधि प्रयोग गर्दा हुने असर,विश्वप्यापी अवस्था,नेपालको अवस्था र प्रयोग गर्दा ध्यान दिनुपर्ने विषयमा जानकारी गराइएको हो । तालिमको उद्घाटन सत्रमा बोल्दै चन्दननाथ नगरपालिकाका नगर प्रमुख राजुसिंह कठायतले जुम्लामा अध्यधिक रूपमा एन्टिबायोटिकहरूको प्रयोग भइरहेको बताए ।

उनका अनुसार डाक्टरहरूको सल्लाह विना एन्टिबायोटिक प्रयोग गर्ने क्रम रोक्नुपर्छ ।चन्दननाथ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पृथ्वीनाथ योगीले जिल्लामा अनधिकृत रूपमा बिक्रीवितरण भइरहेको छ । एन्टिबायोटिक औषधिको सही प्रयोगका विषयमा अब नगरले सचेतनामूलक कार्यक्रम गर्ने उनले बताए ।ञधेरैको अकालमा अकालमा ज्यानै जाने अवस्था छ । यसलाई रोक्नुपर्छझ, उनले भने । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान,जुम्लाका निर्देशक डाक्टर पुजन रोकायाले आवश्यक परेको बेला मात्रै एन्टिबायोटिक प्रयोग गर्नुपर्ने बताए ।एन्टिबायोटिक प्रयोग गदर्दा त्यसको मात्रा पुरा गर्नेुपर्ने उनले बताए ।ञ चाहिएको बेला मात्र प्रयोग गर्नुपर्छ,मात्रा मिलाएर सेवन गर्नुपर्छ । परामर्श लिएर एन्टिबायोटिक प्रयोग गरौ,झ उनले भने ।युएएआइडीकी प्रोजेक्ट डाइरेक्टर डाक्टर विर्ना ट्याबका अनुसार परियोजनाले नेपाल सरकारसँग मिलेर हाल काठमाडौं केन्द्रित भएर काम गरिरहेको छ ।

मन्त्रालयले देशभर उक्त कायर्यक्रम विस्तारको तयारी गरिरहेको छ ।कायर्शालामा डाक्टर सन्तोष दुलालले घातक स्वास्थ्य समस्या विरूद्व लडाइँ ः नेपालमा एएमआर, विश्व र र नेपालको अवस्था र लैंगिक असमानताको प्रभाव एएमआरमा विषयमा डा. विविका श्रेष्ठले प्रशिक्षण दिएका दिए । एन्टिमाइक्रोवियल रेसिस्टेन्सका कारण सन २०५० सम्म एसियामा ४७ लाख ३० हजार मानिस मर्ने अनुमान छ ।सन २०३० सम्म थप २ करोड ४० लाख मानिस चरम गरिबीमा पर्ने र विश्व अथर्थतन्त्रमा १०० खरब अमेरिकी डलरको भार पर्ने अनुमान गरिएको छ । एन्टिमाइक्रोवियल रेसिस्टेन्सबाट नेपाल समेत अछुतो छैन ।