मार्सलराज सन्ज्याल
१२ बैशाख, कोहलपुर
विनाशकारी भूकम्पको आज ८ वर्ष पूरा भएको छ । विसं २०७२ वैशाख १२ गतेका दिन बिहान ११ बजेर ५६ मिनेटमा गएको सात दशमल आठ रेक्टर स्केलको भूकम्पले देशभर आठ हजार नौ सय ७९ जनाको मृत्यु भएको थियो भने २२ हजार तीन सय नौ जना घाइते भएका थिए । भूकम्पमा परी ज्यान गुमाएकाहरुको सम्झनामा कोहलपुर जेसिजले दिप प्रज्वलन गरेको छ ।
कोहलपुर जेसिजले कोहलपुरको न्युरोड चोकमा भूकम्पमा परी घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामना तथा दिवगत भएकाहरुको आत्माको चीर शान्तिको कामना गर्दै दिप प्रज्वलन गरिएको हो । यस दिनलाई कालो दिनका रुपमा लिइन्छ धेरै मानिसको मृत्यु, धनजनको ठुलो क्षति भएको हो । दिप प्रज्वलनले राष्ट्रविपतको घडीमा सम्पुर्ण नेपाली नागरिकहरुले शोकलाई शक्तिमा बदलेर राष्ट्र निर्माणमा लाग्न प्रेरणा मिल्ले आशा राखेको कोहलपुर जेसिज बर्ष २०२१ का अध्यक्ष तथा नेपाल जेसिज बर्ष २०२२ का राष्ट्रिय उपाध्यक्ष जेसिज राम प्रसाद पान्डे बताए ।
दिप प्रज्वलन कार्यक्रममा बोल्दै कोहलपुर जेसिज बर्ष २०२३ का अध्यक्ष धुर्ब आचार्यले विनासकारी भूकम्पमा परी ज्यान गुमाएका र घाईते भएकालाई अहिले सम्म सरकारले नहेरेको बताउदै सरकारलाई यस अवस्थाका पिडित तर्फ ध्यान दिन समेत सरकारको ध्यानाकर्षण गरेको बताए । कार्यक्रमको सन्चालन कोहलपुर जेसिज बर्ष २०२३ का महासचिब दिपेन्द्र कठायत गरेका हुन ।
कोहलपुर खबर । १२ बैशाख २०८०, मंगलवार २१:१७