कोहलपुर । क्यानडा र नेपाल ए बीचको तीन खेलको एकदिवसीय श्रृंखला क्यानडाले २—१ ले जितेको छ।
बिहीबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा क्यानडाले नेपाल एलाई ४ विकेटले पराजित गरेसँगै श्रृंखलामा पनि अधिकार जमायो। सिरिज जित्न नेपाल एले दिएको १८२ रनको लक्ष्य क्यानडाले निकोलस किर्तोनको अर्धशतकको मदतमा ३८।५ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो ।
७१ रन जोड्दा महत्वपूर्ण विकेट गुमाएको क्यानडाको पारी किर्तोनले सम्हाले । उनले पाँचौं विकेटका लागि निखिल दत्तसँग २९ रनको साझेदारी गरे । दत्त १४ रनमा आउट भए । त्यसपछि किर्तोनले नवदित दलिवालसँग छैटौं विकेटका लागि ६८ रनको साझेदारी गरे । ३९औं ओभरको दोस्रो बलमा बसिर अहमदले दत्ताई ३८ रनमा आउट गरेका थिए ।
नेपालका लागि ब्याटिङमा आशुतोष घिरैया २८, अर्जुन कुमाल २७, बासिर अहमद २५, सन्दीप जोरा, २४, सुजन थपलिया २०, प्रतिश जिसी १९ रनमा आउट भए। शेर मल्ल र साहब आलमले खाता नै खोल्न सकेनन् भने हेमन्त धामी ६ रनमा आउट भए। यता बलिङमा साहब आलमले १० ओभरमा ३५ रन खर्चिएर ४ विकेट हात पारे। त्यस्तै शेर मल्ल र बाहिर अहमदले समान १(१ विकेट लिए।
कोहलपुर खबर । १० फाल्गुन २०८०, बिहीबार १७:०१