२६ बैशाख, काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भोलि (बिहीबार) दिउँसो २ बजेका लागि संसदीय दलको बैठक बोलाएको छ ।
बैठक संघीय संसद् भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बस्ने कांगेसले जनाइएको छ । संसद्को बजेट अधिवेशन सुरु हुने अघिल्लो दिन दलको बैठक बोलाइएको हो ।
बैठकमा बजेट अधिवेशनभर पार्टी कसरी सदनमा उपस्थित हुने, सहकारीको बचत अनियमितता प्रकरणमा संसदीय छानबिन बनाउने विषयलाई कसरी सशक्त बनाउनेलगायत समसामयिक विषयमा छलफल हुनेछ ।
कोहलपुर खबर । २६ बैशाख २०८१, बुधबार १३:५५