पश्चिम नेपालमा भुकम्पको धक्का महशुस

  ४ साउन काेहलपुर / शनिबार बिहान १ बजेर २८ मिनेटमा पश्चिम नेपालमा भुकम्पको धक्का महशुस भएको छ। बाँके जिल्ला लाई केन्द्र बिन्दु बनाइ भुकम्पको कम्पन सुरु भएको थियोे ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार  बाँके आसपास केन्द्रबिन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प गएको स्रोतले जनाएको छ उक्त भूकम्पको धक्का पश्चिम नेपालका बाँके, बर्दिया र भारतका विभिन्न भु-भागमा महसुस गरिएको थियो ।

भुकम्पले के कति क्षती गर्यो, यसबारे थप विवरण आउन बाँकि रहेको स्रोतले जनाएको छ ।