इलाका प्रशासन कार्यालयले कोहलपुरबाट प्रवाह हुने सेवा तिव्र गतीमा अगाडि बढाउदै

 ✍️मार्सल राज सन्ज्याल

२४ साउन कोहलपुर। इलाका प्रशासन कार्यालय कोहलपुरले अहिले दैनिक रुपमा नागरिक्ता, राहदानी राष्ट्रिय परिचय पत्रको काम निरन्तर सहजै रुपमा नागरिकहरु काम गरिरहेको छ । जिल्ला प्रशासन कार्यालय टाढा भएको हुँदा नागरिकहरु लाई गारो भयको खण्डमा इलाका प्रशासन कार्यालयले सहजै उपलब्ध गराएको छ । १ वर्ष भित्र मात्र यो कार्यालय बाट ११ हजार भन्दा बदि नागरिक्ता बनाएको छ ।

राप्तीसोनारी गाँउपालिका कुसुम अगैया बाट आउने नागरिकहरु यहाँ बाट सेवा लिन पाउँदा निकै सहज भयको र खुशी भएको बताएका छन् । सेवाग्राहीले राहदानी बनाउनका लागी विभागका अनलाईन बाट फर्म भरेर आउँदा सबै कागजातहरु पुरा भयको खण्डमा १ महिनाको अन्तरमा राहदानी पाउन सकिने इलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख कासी प्रसाद पंगेनीले कोहलपुर खबरको कुराकानीमा बताएका हुन् ।

नेपालमा राहदानी छाप्ने मेसिन एउटै भएकोले काठमाडौ बाट हुलाक मार्फत आउने हुँदा कहिले ढिलो आउने इलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख पंगेनी जानकारी दिएका हुन् । गत वर्षमा ५ हजार ६ सय ४८ राहदानी छापेर आयको थियो भने जस मध्येमा करिब ५३ सय राहदानी वितरण गरेको हो ।

नयाँ राहदानी बनाएको खण्डमा ५ हजार दस्तुर लाग्ने छ भने नविकरण गर्दा १० वर्षको म्याद भयको खण्डमा ५ हजार शुल्क दिएर नविकरण गर्ने सकिने छ तर अवधि नाघेकोमा च्यातिएको बिग्रेको खण्डमा भने १० हजार शुल्क लाग्ने इलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख शाखा अधिकृत कासी प्रसाद पंगेनीले जानकारी दिँदै कोहलपुरमा राहदानी बनाउनका लागी कोहलपुरको क्षेत्र बैजनाथ गाँउपालिकाको १ न वडा देखी ७ सम्मको वडा र राप्तीसोनारीका १ २ ८ र ९ वडाको नागरिकले यहाँ बाट सहजै नागरिक्ता बन्दै आईरहेको छ ।

इलाका प्रशासन कार्यालय कोहलपुरले अघिल्लो साउन देखी यो असार मसान्त सम्म राहदानी बाट ३ करोड ११ लाख ६५ हजार राजस्व संकलन गरेको प्रमुख कासी प्रसाद पंगेनीले बताएका हुन् ।