सात वटै प्रदेशमा सात नयाँ मुख्यमन्त्री नियुक्ति

२७ पुष कोहलपुर /  देशका सात वटै प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएका छन् । सातवटै प्रदेशका प्रमुखले बुधबार मुख्यमन्त्रीलाई नियुक्त गरेका हुन् । गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनपछि बनेको एमाले र माओवादीसहितको गठबन्धनले संघीय र प्रदेश सरकार गठन गरेको छ ।

गठबन्धनको भागबण्डा अनुसार प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा एमालेको नेतृत्वमा सरकार गठन भएको छ । वाग्मती र कर्णाली प्रदेशमा माओवादी केन्द्र तथा मधेस प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) ले मुख्यमन्त्री पाएको छ ।

प्रदेश १ मा एमालेका हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश २ मा जसपाका सरोज यादवले मुख्यमन्त्री पाएका छन् । वाग्मती प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रका शालिकराम जमकट्टेलले पाए । यस्तै गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री एमालेका खगराज अधिकारीले पाएका छन् ।

लुम्बिनी मुख्यमन्त्रीमा एमालेका लीला गिरी नियुक्त भएका छन् । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका राजकुमार शर्मा नियुक्त भएका छन् । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा एमालेका राजेन्द्रसिंह रावल नियुक्त भएका छन् ।