माघ १०बाजुरा / बाजुरामा केन्द्रबिन्दु बनाएर मंगलबार दिउँसो २ : ४३ मा गएको भूकम्पका कारण केही घरहरू भत्किएका छन् ।
बाजुराको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लका अनुसार केही घर भत्किएका छन् भने केही घर चर्किएका छन् ।
स्थानीय दिलबहादुर थापाका अनुसार भूकम्पका कारण बुढीगंगा नगरपालिकाका वडा नम्बर ७ र ८ मा केही घर भत्किएका छन्, भने
बडीमालिका नगरपालिकामा सामुदायिक भत्किएको छ ।
बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर बिष्टले भूकम्पका कारण अहिलेसम्म मानवीय क्षति भएको जानकारी नआएको बताए ।
‘अरू क्षतिबारे प्रहरीले विवरण संकलन गरिरहेका छन्,’ उनले भने ।
भूकम्पको धक्का सुदूरपश्चिम र कर्णालीका अधिकांश जिल्लामा भएको थियो ।
कोहलपुर खबर । १० माघ २०७९, मंगलवार १६:२८